site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपडेट : लागुऔषध मुद्दामा भारती र हर्षलाई जमानत

मुम्बई । मुम्बई अदालतले सोमबार भारती र हर्षको जमानत याचिकाको सुनुवाइ गरी जमानत स्वीकारेको छ । यसअघि उनीहरुलाई १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो ।

कानुनबमोजिम हजार ग्राम गाँजालाई थोरै परिमाण मानिन्छ, जसको स्वामित्वमा कसैलाई ६ महिनासम्म जेल र १० हजार जरिवाना लाग्‍न सक्छ । एनसीबीले २१ नोभेम्बरमा हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घर र कार्यालयमा छापा मारेको थियो । उनीहरुको घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा फेला पारेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोधपुछमा भारती दम्पतीले गाँजा सेवन गर्ने गरेको स्वीकारेका छन् । उनीहरुलाई शनिबार एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार अदालतमा पेस गर्दा मेडिकल जाँचपछि १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो । तर जमानत पाएसँगै उनीहरु रिहा भएका छन् ।

बलिउडमा लागुऔषध मुद्दाबारे अनुसन्धान गरिरहेको एनसीबीले अहिलेसम्म थुप्रै कलाकार, निर्माता लगायतसँग सोधपुछ र उनीहरुको घर तथा कार्यालयमा छापा मारिसकेको छ ।
-बलिउड हंगामा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro