site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेटेन्ट, डिजाइन र ट्रेडमार्क विवरण अद्यावधिक, विरोध भए ३५ दिनभित्र उजुरी गर्न पाइने

काठमाडौं । उद्योग विभागले ट्रेडमार्कको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त भएका आवेदनमध्येबाट अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

विभागले प्रकाशित गरेको ट्रेडमार्क चिह्‍नमा कसैको दाबी, विरोध भए ९० दिनभित्र उजुरी दिन सकिने जनाइएको छ । “प्रकाशित ट्रेडमार्क चिह्‍नउपर कसैको दाबी विरोध भए औद्योगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशन भएको मितिले ९० दिनभित्र उद्योग विभागमा रितपूर्वक उजुरी दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभागमा ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदनहरुमध्ये पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मिति २०७४/१०/१५ मा औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको छ । उक्त औद्योगिक सम्पत्ति बुलेटिन विभिन्‍न कार्यालयमा उपलब्ध गराइएको विभागले जनाएको छ । विभागका अनुसार उद्योग मन्त्रालयको पुस्तकालय, सिंहदरबार, उद्योग विभाग, त्रिपुरेश्‍वरको सूचना पाटी, घरेलु तथा साना उद्योग विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग विभागको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।

साथै पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम यस विभागमा दर्ता भएको डिजाइनहरुको विवरण सोही ऐनको दफा २१ (क) बमोजिम प्रकाशन गरिएको पनि विभागले जनाएको छ । उक्त विवरणउपर कसैको विरोध भए यो सूचना प्रकाशन भएको मितिले ऐनको दफा २१ (क) को उपदफा (२) बमोजिम ३५ दिन भित्र आफ्नो सबुद प्रमाणसहित विभागमा उजुरी गर्न सकिनेछ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro