site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सर्बियामा किन भइरहेको छ हरेक दिन १५ मिनेटको विरोध प्रदर्शन ?

काठमाडौं । पछिल्लो समय सर्बियामा अनौठो खालको विरोध प्रदर्शन भइरहेको छ । सर्बियामा हरेक दिन दिउँसो ११ बजेर ५२ मिनेटमा १५ मिनेटका लागि सडक बन्द गरेर विरोध प्रदर्शन हुन थालेको छ ।

गत नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छत खसेको थियो । यस दुर्घटनामा १५ जनाको मृत्यु भयो ।

सर्बियामा भइरहेको १५ मिनेटको विरोध रेलवे स्टेसनको छत खसेकै समयमा सुरु हुन्छ । दुर्घटनापछि यस प्रकरणमा १२ जना पक्राउ परेका छन् । रेलवे स्टेसनको छत खसेको विषयमा त्यहाँका निर्माणमन्त्रीले राजीनामा दिइसकेका छन् । राजीनामा दिएपछि उनी पक्राउ पनि परेका छन् ।

यस घटनापछि सर्बियावासीहरू आक्रोशित भएका छन् । सुरुवातमा यो विरोध प्रदर्शन बेलग्रेड विश्वविद्यावलयका विद्यार्थीले आफ्नो विश्वविद्यालयको परिसरमा सुरु गरेका थिए । तर, विस्तारै देशभर फैलियो । अहिले सर्बियाका ५० भन्दा बढी विश्वविद्यालय र विद्यालयमा यस्तो विरोध प्रदर्शन हुन थालेको छ ।

आइतबार यही विषयमा सर्बियामा ठूलो विरोध प्रदर्शन भयो । हजारौँको संख्यामा उपस्थित प्रदर्शनकारीले मोबाइलको फ्लयास लाएट बालेर प्रदर्शन गरे ।

विद्यार्थीहरूले सरकारको गैरजिम्मेवारीका कारण दुर्घटना भएको बताइरहेका छन् । विद्यार्थीहरूले थालेको विरोध प्रदर्शनमा अहिले किसान, स्वास्थ्यकर्मी र कलाकार पनि जोडिन थालेका छन् ।

प्रदर्शनकारीले रेलवे स्टेसनको छत निर्माणमा लापरबाही गरिएको, भ्रष्ट्राचार गरिएकोसहितका आरोप लगाइरहेका छन् । प्रदर्शनकारीले दुर्घटनासँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न पनि माग गरेका छन् ।

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro