site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पमा के कारणले हुन्छ बढी क्षति ? पश्चिम नेपालमा जोखिम कति ? (भिडियो)

काठमाडौं । पश्चिम नेपालमा ५०० वर्षयता ठूलो भूकम्प गएको छैन । ठूलो भनेको महाभूकम्प । अर्थात्, ८ म्याग्निच्युडदेखि माथिका ।

गोरखादेखि पश्चिमको भूभाग उक्त क्षेत्रमा पर्छ । गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको भूभागमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने जोखिम छ । तर, त्यो कहिले निश्चित छैन । निश्चित हुँदैन । किनभने, त्यहाँ ५०० वर्षसम्म ठूलो भूकम्प नगएको यथार्थ हो । यो पनि यथार्थ हो, महाभूकम्प जान सक्ने शक्ति त्यहाँ सञ्चित भइरहेको छ । त्यसो त पूरा नेपाल नै भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्रमा छ ।

पछिल्लो समय पश्चिम नेपालमा सानातिना भूकम्पको धक्का अलि बढी मापन गरिएको छ । यसको संकेत भने किटान गरेरै ठूलो भूकम्प आउनै लाग्यो भन्ने नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले स्पष्ट पारेको छ ।

Dabur Nepal
NIC Asia

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी भन्छन्, “यस्ता भूकम्पहरू दैनिक नेपालमा गइरहेका हुन्छन् । तर, विगत एक महिनाको अवधिमा ४ (म्याग्निच्युड) भन्दा ठूला भूकम्प केही बढी आएको हामी देख्छौँ ।”

सानातिना धक्का मापन भइरहनुलाई त्यो ठाउँ भूकम्पीय जोखिम क्षेत्रका रूपमा बुझ्नुपर्ने उनले बताए । अर्थात्, ठूलो भूकम्पको सम्भावना भएको क्षेत्र हो । “त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको छ अहिले र त्यसले कुनै समय त्यहाँ ठूलो भूकम्प जान्छ है भन्ने कुराको संकेत गर्छ,” उनले भने ।

तर, भूकम्पको भविष्यवाणी गर्ने प्रविधि आजसम्म बनेको छैन । यही समयमा ठूलो भूकम्प जान्छ भनेर कसैले भन्न सकेको छैन । भूकम्पको संख्या कहिले कम र बढी हुने गरेको उनले जानकारी दिए ।

पुस महिना लागेयता आइतबार बिहान (पुस १४)सम्म पश्चिम नेपालका विभिन्न जिल्लामा गएका आठ भूकम्प/परकम्पको विवरण केन्द्रले सार्वजनिक गरेको छ ।

यी आठमध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । आठमध्ये सबैभन्दा सानो आइतबार (पुस १४) बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का छ । अरू ६ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

पूर्व क्षेत्रमा बेलाबेलामा परकम्प पनि मापन गरिँदै छ । अर्थात्, विनाशकारी गोरखा भूकम्प (७.९ म्याग्निच्युड)को परकम्प मापन हुने गरेको उनले बताए ।

त्यो भनेको गोरखादेखि दोलखासम्मको भूभागमा हो । गोरखा भूकम्प गएको आउँदो वैशाख १२ गते १० वर्ष पूरा हुनेछ । गोरखा भूकम्पमा करिब नौ हजार मानिसको मृत्यु भएको थियो ।

भूकम्पविद् अधिकारीका अनुसार, परकम्प पनि यति समयसम्म आउँछ भन्ने निश्चित हुँदैन । ठूलो भूकम्पको परकम्प लामो समयसम्म आउन सक्छ । सानो भूकम्पको परकम्प छोटो अवधिमा सीमित हुनसक्छ । “अमेरिकाको एउटा भूकम्पको उदाहरण छ त्यहाँ, करिब २०० वर्षअगाडिदेखि गएको भूकम्पको पनि अहिलेसम्म परकम्प गइरहेको छ भन्ने गरिन्छ अध्ययनले,” उनले भने ।

परकम्प ठूलो भूकम्पपछि सोही दरार (रप्चर) क्षेत्रमा आउने त्यसकै सानो रूप हो ।

भूकम्पबाट हुने क्षति पनि सबै ठाउँमा एकैनासको हुँदैन । त्यसको शक्तिको असर फरक भूगोलमा एउटै नहुने उनले स्पष्ट पारे । भूकम्पबाट हुने क्षतिमा मानवीय कारण पनि जिम्मेवार रहने उनले बताए । “क्षतिको कारणमा धेरै कुराको फरक पर्छ । वैज्ञानिक रूपले हुने कारण एउटा भयो, एउटा हाम्रो मानवीय कारणले दुइटा भयो,” उनले भने ।

भूकम्पको असर केन्द्रविन्दुभन्दा अर्को क्षेत्रमा बढी हुन पनि सक्छ । जमिनको संरचना कस्तो छ भन्नेमा त्यो भर पर्छ । ०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दुको ६.४ म्याग्निच्युडको भूकम्पलाई उनी यसको उदाहरणका रूपमा प्रस्तुत गर्छन् ।

“जाजरकोटको भूकम्पको कुरा गर्‍यो भने हामीले के देख्छौँ त भन्दाखेरि त्यो भूकम्पको केन्द्रविन्दुबाट करिब–करिब पूर्व–दक्षिणतर्फ कुनै निश्चित ठाउँहरूमा चाहिँ सबैभन्दा बढी क्षति भएको देखिन्छ,” त्यस समयमा त्यहाँ स्थलगत अध्ययनका निम्ति समेत गएका उनी भन्छन् ।

(पश्चिम नेपालमा पछिल्लो समयका धक्का, जोखिम, गोरखा भूकम्प, काठमाडौंको भूबनावटलगायत विषयमा गोरखा भूकम्पबारे पीएचडी समेत गरेका अधिकारीसित हामीले विस्तृत कुराकानी गरेका छौँ । त्यो भिडियोमा हेर्नुहोस् ।)

यो पनि पढ्नोस्–

भूकम्पविद्लाई प्रश्न– कहिलेसम्म आउँछ परकम्प ? ०४५, ०९० सालको पनि आउँदै छ ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro