site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक वर्चस्व फर्काउन तल्लीन त्रिपाठी

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले तराई–मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको छ । 

सो पार्टीले तराई–मधेस केन्द्रित दलहरूसँग सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। जसमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य छन्।

Dabur Nepal
NIC Asia

आइतबार पार्टी अध्यक्ष हृदयेश त्रिपाठीसहित वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रले  जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग भेटवार्ता गरे । भेटमा संविधान संशोधन र नेपालको वर्तमान राजनतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । 

दुई दलबीच साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि छलफल भएको हो । जनता प्रगतिशील पार्टीको उक्त प्रस्तावप्रति जसपा नेपाल पनि सकारात्मक रहेको बताइएको छ । 

कम्युनिस्ट पार्टीबाट राजनीति सुरु गरेका त्रिपाठी नेपाल सद्‍‌भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै जनता प्रगतिशील पार्टीसम्म आइपुगेका हुन् । तराई मधेश लोकतान्त्रिक पार्टीबाट अलग भएपछिको केही वर्षपछि उनले ०७८ मंसिरमा नयाँ पार्टी खोलेका हुन् । 

०७४ सालको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर उनी सांसदमा विजयी बनेका थिए । त्यसलगत्तै बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी लामो समयसम्म मन्त्री बनेका थिए । 

०७९ को निर्वाचनमा भने उनी नवलपरासी पश्चिम क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीसँग पराजित भएका थिए । त्यसयता निष्क्रियजस्तै देखिएका त्रिपाठी संविधान संशेधनको मुद्दालाई बोकेर पुनः राजनीतिक वर्चस्व फर्काउन प्रयासरत छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro