site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सन्धिखर्क । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ । कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेलझुण्डी अस्पतालमा एक सङ्क्रमितको मृत्यु

दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
 
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उनलाई बुटवलमा आर्इसीयू खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो । मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ । रासस 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro