site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै
Sarbottam CementSarbottam Cement

बुटवल । प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको  राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल सुरु हुँदै छ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्‍न सांसदलाई समय दिनेछन् । 

सांसदले धारणा राखिसकेपछि सरकारले पेस गरेको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । यसरी छलफल र प्रस्ताव पेस गर्न प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ । सोमबार र मंगलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेस गर्ने तयारी सदनको छ । 

प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ । कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउनेछ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुईतिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ । मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ ।

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेस गर्न १८ घण्टाको समय निर्धारण गरिएको छ ।  यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेस भएको थियो ।

Global Ime bank

उक्त प्रस्ताव पारित गर्न निर्माण गरिएको प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेस गरिसक्नुपर्ने नियम बनाइएको छ ।

सामान्यत: विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिएका छन् । प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ । 

६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६  र राष्ट्रिय जनमोर्चाका १  सांसद छन् ।

बाँके र बर्दियामा स्वागत
प्रदेश ५ को अस्थायी राजधानी सार्ने प्रस्ताव सभामा पेस भएपछि रुपन्देहीमा आन्दोलन चर्किएको छ । दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ । दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ ।

स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काङ्ग्रेस सडक आन्दोलनमा छ । संयुक्त सङ्घर्ष समिति र काङ्ग्रेसले आज प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेका छन् । प्रदेशसभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था  अत्यन्तै कडा बनाइएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC