site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१५ अक्टोबरदेखि हल खुले पनि अक्षयको ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने
Siddhartha BankSiddhartha Bank

एजेन्सी । अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षित एक्सन फिचर चलचित्र ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने भएको छ । रिलायन्स इन्टरटेन्मेन्टका सीईओ शिवाशिश सरकारले यसबारे जानकारी दिएका हुन् ।

निर्माण कम्पनी रिलायन्सले जुनमा ‘सौयवंशी’ दीपावलीमा रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज गर्ने घोषणा गरेको थियो । केन्द्रीय गृह मन्त्रालयले अक्टोबर १५ देखि थिएटर र मल्टिप्लेक्सहरु पुनः सञ्चालनमा ल्यान अनुमति पनि दिइसकेको छ । तर ५० प्रतिशत अकुपेन्सीमा खोल्नुपर्ने भएपछि सबै हल सञ्चालनमा आउन तयार नहुने भन्दै ‘सौर्यवंशी’ रिलिज नगर्ने निर्णय लिइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयको निर्णयप्रति सीईओ सरकार भन्छन्, “यो कुरा स्पष्ट छ कि, हामी दीपावलीमा कुनै पनि चलचित्र रिलिज गरिरहेका छैनौं । योभन्दा अन्य कुनै निर्णय लिइएको छैन । अहिलेसम्म हेर्दा दीपावलीमा कुनै पनि चलचित्र रिलिज गर्न सम्भव छैन । १५ अक्टोबरदेखि नै सबै हल खुल्ने सम्भावना पनि छैन । यदि १ नोभेम्बरदेखि खुले पनि १०-१५ दिनको नोटिसमा कसरी चलचित्र रिलिज गर्न सक्छौं ?”

चलचित्र रिलिजको नयाँ मिति तय गर्न अझै बाँकी रहेको पनि उनले बताएका छन् । यी दुवै चलचित्रको रिलिज मिति हेरफेर गर्ने वा एउटा चलचित्रको मात्रै गर्ने भन्‍ने निर्णय लिइनसकेको भन्दै डिसेम्बरदेखि मार्च चलचित्र रिलिजको लागि सही समय भएको पनि सरकारले बताए ।

Global Ime bank

रोहित शेट्टी निर्देशित ‘सौर्यवंशी’ मार्च २४ मा र कबिर खान निर्देशित ‘८३’ अप्रिल १० मा रिलिज तोकिएको थियो । यद्यपि कोरोना महामारीका कारण दुवै चलचित्रको रिलिज स्थगित भयो । -इन्डियन एक्सप्रेस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय