एजेन्सी । सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा लागुऔषधको मुद्दामा नाम आएपछि रकुल प्रीत उच्च अदालत पुगेकी छिन् ।
सुशान्तको लागुपदार्थ औषध मुद्दामा अभिनेत्री रिया चक्रवर्तीले उनको नाम लिएको भन्दै सञ्चारमाध्यममा समाचारहरु आएपछि उनले मिडिया ट्रायलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दायर गरेकी हुन् ।
उनले भारतीय सञ्चारमाध्यमले आईएन्डबी मन्त्रालयको दिशानिर्देशन उल्लंघन गरेको भन्दै आफ्नो वकिलमार्फत अपिल पेश गरेका हुन् ।
उनको निवेदनपछि दिल्ली उच्च अदालतले प्रसार भारती र समाचार प्रसारण केन्द्रलाई निर्देशन दिँदै भनेको छ, “रकुल प्रित सिंहको निवेदनलाई प्रतिनिधित्वको रुपमा लिने र यसलाई जारी गर्नुपर्ने अन्तरिम निर्देशनसहित छिटो निर्णय गर्नुपर्ने छ ।”
यसअघि भारतीय सञ्चारमाध्यमहरुले रियाले रकुल, सारा अली खानलगायत २५ जना बलिउडकर्मीको नाम लागुऔषधको मुद्दामा लिएको खबर सार्वजनिक भएको थियो । - बलिउड हंगामा