site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपालको गाउँघरमा नगदको व्यापक चलन हुन थालेको धेरै भएको छैन । हिमाली जनजीवन त यसै पनि छरछिमेकसँगै गतिशील हुन्छ । पहाड र मधेसमा पनि पैँचो र पर्मको चलन  छ आआफ्नै ठाउँअनुसारको । अब राज्यले पनि पैँचो मागेर गर्जो टार्ने नीति अपनाए । रासायनिक मलको हाहाकार भएपछि नेपाल सरकारले बङ्गलादेश सरकारसँग पचास हजार मेट्रिक टन युरिया पैँचो मागेको समाचार सार्वजनिक भएको । समाचार अनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बङगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गरेर मल पैँचो मागेका हुन् । नेपालले मल आफूर्तिका लागि निज िक्षेत्रलाई ठेक्का दिने गर्छ । तर, बर्सेनि मल चाहिने बेलामा अभाव हुन्छ । किसानहरू प्रायः कालोबजारमा मल किन्न बाध्य हुन्छन् ।

नेपालमा रासायनिक मल उत्पादन हुँदैन । ‘विकासे मल’ माटाका लागि जस्तै किसानका लागि पनि कुलत बनिसकेको छ तैपनि उत्पादकत्व बढाउन विकासे मल र विषादी प्रयोग गर्नैपर्छ भन्ने भ्रम किसानमात्र हैन नीति निर्माता तहसम्मै बलियो छ । यसै पनि नेपालले अपनाएको विकास ढाँचाले धेरै फलाउनमात्र जोड दिन्छ । खेती गर्दा माटो र बाली दुवै वातावरण तथा मानवीय स्वास्थ्यका लागि हानिकारक नहुने पक्षमा कागजमा बाहेक अन्यत्र ध्यान दिइँदैन ।  अर्थात्, असल खेतीको अभ्यास शून्य बराबर । यसैले विकासे मलको विकल्प खोज्ने कुरा नै पाखण्ड सिद्ध हुन्छ । त्यस अवस्थामा सरकारले बर्सेनि बेलैमा र भरपर्दो उपाय गर्न सकेको भए प्रधानमन्त्री स्वयले यसरी मल पैँचो माग्नुपर्ने पक्कै थिएन । आशा गरौँ, प्रधानमन्त्री ओलीको प्रयास सफल हुनेछ र नेपाली किसानले सही बेला बिते पनि बालीमा विकासे मल हाल्न पाउनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यति दुःखले पैँचो ल्याएको विकासे मल हाल्दा उब्जनी कति बढ्छ र माटो कति बिग्रन्छ त्यसको लेखाजोखा गर्ने चलन र चाहना सरकार एव किसान कसैलाई भएजस्तो लाग्दैन । यसैले पनि विकासे मलले उब्जनी घट्न नथालेसम्म देशमा रासायनिक मलको माग र आपूर्ति भइरहने देखिन्छ । अर्कातिर, मल कारखाना बनाउने सपना पनि विपना हुन निकै कठिन  । लाभलागतका दृष्टिले पनि मल कारखाना सायद लगानीका तुलनामा नाफामूलक हुँदैन । यसैले निजी क्षेत्रका व्यवसायीलाई मल आपूर्तिका लागि जिम्मा दिनुको पनि अहिले विकल्प देखिएन । तर, मल आपूर्तिमा कहिल्यै ठेकेदारको काम सन्तोषजनक रहेन । सरकार आफैँले खरिद र ढुवानी गर्दा भ्रष्टाचार भएको बताएर राजीनामा गर्ने कृषिमन्त्री भने शैलजा आचार्यबाहेक अरू भएनन् । 

प्रधानमन्त्री आफैँले चासो लिएर पैँचो मागेको मल बालीमा हाल्न पाए किसानहरुले धन्यवाद पनि दिन्थे होलान् । सबैलाई थाहा छ अब ल्याइने मल धान खेतमा हाल्न सायद भ्याइनेछैन । मल सधैँ चाहिन्छ भन्ने पनि सबैलाई थाहा छ । प्रायः टेन्डर आह्वान गर्नै ढिलो गरेर बर्सेनि मलको अभाव हुन्छ । यसपटक झन् ठेक्का नै समयमा काम नगरेर बदनाम भएका व्यक्तिलाई दिइएको थियो । ‘घरबेटी ठेकेदार’ भनेर उल्याइने तिनलाई जिम्मा दिएपछि किसानले बेलामा मल पाउँदैनन् भन्ने जनतालाई थाहा थियो । आसेपासे पोस्न गलत व्यक्तिलाई ठेक्का दिने अनि छिमेकीसँग मल पैँचो माग्ने काम भयो । सरकारले बेलैमा मल आपूर्तिको बन्दोबस्त मिलाउन प्रक्रिया थालोस् भनिरहनुको सायद कुनै अर्थ छैन । बर्सेनि सबैतिरबाट सरकारलाई यस्तो सुझाव दिइनै रहेको देखिन्छ । यसैले बङ्गादेशबाट मल आयो भने पैँचो तिर्न सरकारले आलटाल नगरोस् । नभए पैसा भने पनि तिर्नुपर्छ । अर्को वर्ष पनि त हाम्रो व्यवस्थापन सुध्रिने छैन । कृषि मन्त्रालयले मल आपूर्तिको ठेक्का लिएको कम्पनीलाई कारबाही गर्ने हल्ला पनि सुनिएको छ । जनताले ढाँटको निम्तो खाएरमात्र पत्याउँछन् !  
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro