site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अब 'बुक बिल्डिङ' मा आईपीओ, संस्थागतभन्दा सर्वसाधारणलाई १० प्रतिशत कम मूल्य
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल धितोपब बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले 'बुक बिल्डिङ' सम्बन्धी निर्देशिका २०७७ जारी गर्दै आईपीओे निष्कासनमा 'बुक बिल्डिङ' विधि लागु गरेको हो ।

बोर्डले 'बुक बिल्डिङ' निदर्देशिका जारी गरेसँगै संगठित संस्थाले अब बोल कबोलमार्फत आईपीओ जारी गर्ने सक्ने भएको छन् । 'बुक बिल्डिङ'मा आईपीओ जारी गर्ने संगठित संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको परामर्शमा धितोपत्रको अनुमानित मुल्य र मुल्यांकनकोआधार औचित्य खुलाइ विवरणपत्र तयार गरी योग्य लगानिकर्तासँग छलफल गर्नुपर्ने बोर्डले जनाएको छ ।

Agni Group
NIC Asia

यस्तै कम्मतिमा १० वटा योग्य संस्थागत लगानिकर्तासँग सेयर खरिद गर्न चाहेको न्युनतम मुल्यखरिद आसय सहितको मूल्य सहित प्रारम्भिक विवरणपत्रमा सुझाव संकलन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसपछि संस्थागत लगानिकर्ताकाट प्राप्त आशय मूल्यको अध्ययन गरेर आधार मूल्य तयार गर्नुपर्ने हुन्छ । 

उक्त आधार मुल्यमा  गरी २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सिमा र २० प्रतिशत कम हुँदा कायम हुने मूल्य तल्लो सीमा कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख  छ ।

Global Ime bank

"कुनै एक संस्थागत लगानिकर्ताले निष्काशित धितोपत्रको बोलकबोल प्रस्ताव पेश गर्न पाउने छैन भने कबोल गरेको शत् प्रतिशत रकम तोकिएकमे निष्कासन बैक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैक खातामा रोक्का राख्नुपर्ने अथवा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ," बोर्डले जारी गरेको निर्देशिकामा भनिएको छ।

बुक बिल्डिङ बाट आईपीअने जारी गर्न नेप्सेले स्वाचालीत बोलकबोल प्रणाली विकास गर्ने र उक्त प्रणाली विकास नहुँदा सम्म शिलबन्दी बनेदुलकबोल मार्फत आवेदन दिन सक्ने ब्यवस्था गरिएको छ ।

यसरी आईपीओ  जारी गर्दा आईपीओ पुर्ण रूपमा बिक्री हुँदा कामय मुल्यलाई कट अफ मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।ू कट अफ मूल्य वा सो भन्दा माथि कबोल गर्ने सबैलाई माग बमोजिम कट अफ मुल्यमा नै सेयर बाँडफाँड गर्नुपर्ने र कट अफ मुल्यमा आवेदन गर्ने लगानीकर्तालाई भने माग बमोजिम बाँडफाँड गर्न नपुगेमा समानुपातिक रूपमा बाँडफाँड गर्नुपर्छ, बाँडफाँड गर्न नपुगेको रकम भने ३ कार्यदिभित्र आर्जित ब्याजसहित फिर्ता अथवा रोका भएमा फुकुवा गर्नुपर्नेछ,ू निर्देशिकामा भनिएको छ ।

सर्वसाधारण  लगानिकर्तालाई भने कट अफ मुल्यमा १० प्रतिशत छुट सहित आवेदन खुलाउनुपर्ने बोर्डले जनाएको छ । सर्वसाधनरणले न्युनतम ५० कित्ता आवेदन दिनपर्नु निर्देशिकामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय