site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले भन्यो– प्रधानमन्त्रीज्यू, राजीनामा दिएर सहयोग गर्नूस् 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

“कांग्रेस र एमालेको बीचमा मात्रै भएको समझदारी छ । ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको छ,” उनले भने, “सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।”

Agni Group
NIC Asia

यसैबीच, एमालेले प्रधानमन्त्री प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएकाले सहकार्य छाडेको तर्क गरेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए ।

"बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारकाे बहस चलाउनुभयाे, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयाे भनी थाहा पाउनुपर्‍यो," ज्ञवालीले भने ।

Global Ime bank

उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए ।

"उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयाेगी पाउनुभएकाे थिएन हाेला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu