site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय शायर राहत इन्दौरीको निधन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नयाँ दिल्ली । भारतका प्रख्यात शायर (कवि) तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोना संक्रमणका कारण इन्दौरको एउटा अस्पतामा भर्ना भएका थिए ।

भोपालका स्थानीय पत्रकार सुरैह नियाजीलाई उल्लेख गर्दै बीबीसी हिन्दीले लेखेको छ, "७० वर्षीय राहत इन्दौरीलाई कोरोना संक्रमण तथा श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु हृदयाघातका कारण भएको हो ।"

इन्दौरका आरबिन्दो अस्पतालका डाक्टर विनोदी भण्डारीले समाचार एएनआईलाई बताए अनुसार मंगलबार उनलाई दुई पटक हृदयाघात भएको थियो । "तर उनलाई बचाउन सकिएन," डाक्टर भण्डारीले भने, "उनलाई ६० प्रतिशत निमोनिया थियो ।"

KFC Island Ad
Dabur Nepal
NIC Asia

राहत इन्दौरीले मंगलबार बिहान ट्विटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । मंगलबार नै सोही एकाउण्टमा उनको मृत्युको सूचना पनि दिइयो । शुरैह नियाजीका अनुसार सम्भवतः राहत इन्दौरीका छोराले यो ट्वीट गरेका हुन् ।

उक्त ट्वीटमा लेखिएको थियो– "राहत साहबको कार्डियाक एरेस्टका कारण साँझ ५ बजे निधन भएको छ...।"

Royal Enfield Island Ad

राहत इन्दौरीले यसअघि मंगलबार बिहान आफ्नो ट्विटर एकाउन्टमा लेखेका थिए, "कोभिडको प्रारम्भिक लक्षण देखिएपछि मेरो कोरोना टेस्ट गरियो, जसको रिपोर्ट पोजिटिभ आएको छ । आरबिन्दो अस्पतालमा भर्ना भएको छु । आशीर्वाद दिनुस्, छिटोभन्दा छिटो यो रोगलाई हराउन सकुँ ।"

राहत इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो । इन्दौरकै नूतन स्कूलबाट उनले हायर सेकेन्डरीको पढाइ पूरा गरे । इन्दौरको नै इस्लामिया करीमिया कलेजबाट ग्य्राजुएसन गरे पछि उनले बरकतुल्लाह विश्वविद्यालयबाट एमए गरेका थिए ।

बितेको ४०-५० वर्षदेखि उनी विभिन्‍न मुशायरा तथा कवि सम्मेलनहरूमा आफ्नो शायरी पढ्दै आएका थिए ।

उनी एक गम्भीर शायर थिए । इन्दौरीले बलिउडका विभिन्न फिल्महरूका लागि पनि केही गीत लेखेका थिए । उनले चलचित्र घातक, इश्क, मुन्नाभाइ एमबीबीएसमा गीत लेखेका थिए ।  - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro