![खाता प्रमाणीकरण गर्ने म्याद पुस मसान्तसम्म थप](https://12khari.top/uploads/posts/2020-08-07_aantarik-rajaswa-bibhag.jpg)
काठमाडौं । खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपिएको छ । आन्तरिक राजस्व विभागले मासिक, द्विमासिक तथा चौमासिक कर बुझाउने करदातको खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्मका लागि थप गरेको हो ।
व्यवस्थाअनुसार मासिक कर बुझाउने करदाताले साउन र चौमासिक कर बुझाउने ग्राहकले कात्तिक मसान्तमा खाता प्रमाणीकरण गर्नुपर्छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानुनी प्रावधान छ ।
यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई साउन महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कात्तिक महिनाभित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरिएको थियो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी विभागले आर्थिक वर्ष २०७७–७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको हो ।