site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मान्छेलाई कोरोना, गाईवस्तुलाई ‘लम्पी स्किन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानवमा कोरोना (कोभिड-१९) संक्रमण फैलिरहँदा गाईवस्तुलाई अनौठो किसिमको रोग देखिएको छ । नेपालमै पहिलोपल्ट गाईवस्तुमा लम्पी स्किन भन्‍ने रोग देखिएको हो ।

गत असारमा मोरङका केही गाईमा लम्पी स्किन देखिएको थियो । जसको ल्याब परीक्षण गर्दा रोग प्रमाणित भएको हो । असारको अन्तिम सातातिर मोरङमा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहरू देखा परेको पशु सेवा विभागले जनाएको छ । सूचना प्राप्त भएलगत्तै विभागबाट आवश्यक नमुना संकलन तथा रोग अन्वेषणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरलाई निर्देशन गरिएको थियो ।

प्रयोगशालाबाट खटिएको प्राविधिक टोलीले रोगको प्रकोपको अन्वेषण गर्नुका साथै नमुना संकलन गरेको थियो । जसको परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा ल्याइएको थियो । ल्याबमा साउन ११ गरेको रियल टाइम पीसीआरबाट परीक्षण गर्दा लम्पी स्किन रोग नेपालमा पहिलोपटक पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो रोग मोरङ, रौतहट, चितवन र मकवानपुर देखिएको छ । ३४ वटा नमुना परीक्षण गर्दा सबै नमुनामा लम्पी स्किन रोग पोजिटिभ देखिएको थियो । ती जिल्लामा १५ सयभन्दा गाईमा यो रोगको संक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

लम्पी स्किनबाट हालसम्म १२ वटा गाई मरेका छन् । देशका अन्य स्थानमा समेत गाईहरूमा यो रोगसँग मिल्दो लक्षणहरू देखापरेको विभागको दाबी छ । यो विशेषगरी गाईमा र कहिलेकाहीं भैंसीमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्‍ने रोग हो ।

Global Ime bank

लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्‍न भागमा साना-ठूला गिर्खा देखिने गरेका ती गाईमा १०५ डिग्रिभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्‍ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने हुन्छ ।

यो रोग मुख्यत: लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्छ। यसबाहेक संक्रमित गाईभैंसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुइको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने गर्छ ।

यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी/पाडापाडीमा समेत सर्ने गर्दछ । लम्पी स्किनको खोप हालसम्म नेपालमा उपलब्ध छैन ।

यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो । सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC