site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फेसबुक र ट्विटरद्वारा ट्रम्प दण्डित, गलत सूचना फैलाउने भिडियो डिलिट
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । सामाजिक सञ्‍जाल फेसबुक र ट्‍विटरले संयुक्त राज्य अमेरकाका राष्ट्रपति डोनाल्ड ट्रम्प  र उनको अभियानलाई दण्डित गरेको छ । 

राष्ट्रपति ट्रम्पले 'बच्चाहरूमा कोरोना भाइरसविरुद्धको रोग प्रतिरोधी क्षमता हुने' दाबी गरेका थिए । उक्त भिडियो सामग्री फेसबुकले डिलिट गरिदिएको छ । 

कोरोना भाइरसका सम्बन्धमा राष्ट्रपति ट्रम्पले गलत दाबी गरेकोले उनको अकाउन्टमा पोस्ट गरेको सामग्री डिलिट गरिदिएको फेसबुकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले सो अन्तर्वार्तामा 'बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको' दाबी गरेका थिए ।

ट्रम्पको पोस्टले कोभिड-१९ बारे हानिकारक गलत सूचना प्रदान गरेकाले सोही नियम अनुसार हटाइएको फेसबुकले जनाएको छ । 

Global Ime bank

फेसबुकका एक प्रवक्ताले अमेरिकी सञ्‍चारमाध्यमसँग बुधबार बेलुका भनेका छन्, "सो भिडियोमा गलत दाबी गरिएको थियो । मानिसको निश्चित समूह कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता युक्त दाबी गरिएको थियो । जुन गतल र हानिकारक हो ।"

ट्रम्पले बुधबार फक्स न्यूजको बिहानी कार्यक्रम फक्स एण्ड फ्रेण्डसमा सबै विद्यालय खोल्ने समय आएको र बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेको बताएका थिए ।

ट्रम्पको दाबी भने स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरीत छ । बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । तर उनीहरु तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।

त्यसैगरी ट्विटरले पनि @TeamTrump अकाउन्ट बनेद गरेको जनाएको छ । ट्विटरका प्रवक्ताले भनेका छन्, "राष्ट्रपति ट्रम्पले शेयर गरेको अन्तर्वार्ताको अंश नै यस अकाउन्टबाट पोस्ट गरिएको थियो । यो ट्विटरको कोभिड-१९ को गलत सूचनाको नियम विपरीत छ । उक्त ट्विटर अकाउन्टले फेरि ट्विट गर्नुअघि उक्त भिडियो हटाउनुपर्ने छ ।" 

गत महिना ट्विटरले कोरोना भाइरससम्बन्धी गलत सूचना सम्प्रेषण गरेको भन्दै ट्रम्पका छोरोको ट्विटर अकाउन्ट पनि अस्थायीरुपमा निलम्बन गरेको थयो । -बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement