site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको म्याद थपिने, केन्द्रीय कार्यसमिति विस्तारका लागि गृहकार्य हुँदै  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तामान कार्यसमितिको म्याद थप हुने सम्भावना देखिएको छ । कांग्रेसका तीनवटै समूहले नेविसंघको वर्तमान कार्यसमितिलाई पूर्णता दिन थालेको आन्तरिक तयारीले नेविसंघको म्याद थप हुने सम्भावना देखिएको हो ।

संस्थापन पक्षबाट अध्यक्ष बनो राजीव ढुंगाना, पौडेल समूहबाट महामन्त्री बनेका दीपक भट्टराई र सिटौला समूहबाट महामन्त्री बनेका बलदेव तिमिल्सिनाले नेविसंघको कार्यसमिति विस्तारका लागि नेताहरुको तहमा ‘होमवर्क’ भइरहेको बताएका छन् ।

Agni Group
NIC Asia

“नेविसंघको म्याद थपसँगसँगै कार्यसमिति विस्तारको कुरो आएको छ,” अध्यक्ष ढुंगानाले बाह्रखरीसँग भने, “नेताहरु होमवर्क गरिरहनुभएको छ ।” यस्तै अर्का महामन्त्री भट्टराईले पनि नेविसंघका लागि विद्यार्थी नेताहरुको नामावली संकलन भइसकेको र काटछाँटको काम चलिरहेको बताए ।

“पार्टीले महाधिवेशन सम्पन्‍न गर्ने गरी हामीलाई छ महिनाको समयावधि दिएको थियो । परिस्थितिअनुकूल नहुँदा महाधिवेशनसम्बन्धी कामहरु अगाडि बढ्न सकेन,” उनले भने, “सानो समितिले यति ठूलो संगठन हाँक्न सक्दैन, कार्यसमिति विस्तार गरेर महाधिवेशनउन्मुख हुनुपर्छ ।”

Global Ime bank

अर्का महामन्त्री तिमिल्सिनाले पनि नेविसंघको कार्यसमिति विस्तारका लागि गृहकार्य चलिरहेको स्वीकार गरे । “कार्यसमिति विस्तारका लागि नामहरु कलेक्ट भइरहेको छ । हामीले त सुरुवातमै नाम दिने गरी तयारी गरेका थियौं, तर त्यो बेला हुन सकेन,” उनले भने ।

संस्थापन पक्षले वरिष्ठ नेता पौडेलले नेविसंघको कार्यसमिति विस्तारका लागि नाम दिने बताएको जनाएको छ । सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले नेविसंघको केन्द्रीय कार्यसमिति विस्तारको तयारी गरिएको बताए ।

“नेविसंघको केन्द्रिय कार्यसमिति विस्तारका लागि छलफल चलिरहेको छ । रामचन्द्र दाइले लिस्ट दिन्छु भन्नुभएको छ,” उनले बाह्रखरीसँग भने । नेता साउदले नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको समयावधि पनि थपिने संकेत गरे ।

“पार्टीका धेरै जसो भ्रातृ र शुभेच्छुक संगठनहरुको विधानअनुसार म्याद समाप्त भइसकेको छ,” उनले भने, “लकडाउन र पार्टीको आसन्‍न महाधिवेशनका कारण केहीको म्याद थप्ने गृहकार्य भइरहेको छ ।” ढुंगानाको अध्यक्षतामा गठन भएको नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद साउन १६ गते सकिँदै छ । ६ महिना अघि कांग्रेसले महाधिवेशन सम्पन्‍न गर्ने म्यान्‍डेड दिएर नेविसंघको तदर्थ कार्यसमिति गठन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu