site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमन्‍त्री सुनील थापालाई भित्र्याउँदै कांग्रेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई नेपाली कांग्रेसले एक साताभित्रै पार्टीमा भित्र्याउने तयारी गरेको छ । कांग्रेसले उनलाई सहमहामन्त्री पदमा पार्टीभित्र भित्र्याउने तयारी गरेको हो ।

यद्यपि, उनी महामन्त्री पद दिनुपर्ने माग राख्दै आएका कांग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार थापाले कांग्रेससँग १० केन्द्रीय सदस्य पनि मागेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सह-महामन्त्रीसहित बढीमा ६ जना केन्द्रीय सदस्य दिने मनस्थिति बनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवानिकट स्रोतले एक साताभित्रै राप्रपा परित्याग गरेका नेताहरुलाई सानेपामा कार्यक्रम गरेर पार्टीमा भित्र्याउने तयारी गरेको जानकारी दिए । थापासहित ३१ जना नेताहरुले शनिबार राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षहरुलाई राजीनामा पत्र बुझाएका थिए ।

“पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमतविपरीत पार्टी गएकामा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टीपंक्ति जानकार नै छ,” राजीनामा पत्रमा उल्लेख भनिएको छ, “तर, पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो । हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकूल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ । उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेबारबाट अलग रहने घोषणा गर्दछौं ।”
 

Global Ime bank

राप्रपा छाडेका सुनील थापासहितका नेता कांग्रेस प्रवेश गर्दै छन् ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement