site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

संसद्को बजेट अधिवेशन भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्