site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
द चेनस्मोकर्स् र १९७४ एडी एकै साथ टुबोर्ग ओपनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन्स्मोकर्स्’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत प्रस्तुत गर्ने घोषणा गरेको छ ।

हालै विश्वव्यापी प्रचलित कलाकारहरुमध्ये एक रहेका ‘द चेन्स्मोकर्स्’ टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रिय फोल्क्–रक ब्याण्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्ने भएको छ ।

Agni Group
NIC Asia

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन्स्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट् लेट् मी डाउन्’ र ‘हेल्से’ सँगको ‘क्लोजर्’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याती प्राप्त गरका छन्  । डिसेम्बर २०१८ मा ‘द चेन्स्मोकर्स्’ ले ‘सिक् बोई’ एल्बम् रिलिज गरे जसले हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको छ ।

एलेक्स् पालले १९७४ एडीसँग काम गर्ने उत्सुक्ता जनाउँदै भने, “त्यस क्षेत्रको निकै सफल समुहसँग काम गर्न पाउने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

Global Ime bank

टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरु साथमा जोड्दै संगीतको माध्यमबाट मानिसहरुलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहित गर्दछ ।

प्रोजेक्टबारे आफ्नो धारणा राख्दै ड्रिउ टग्गार्टले भने, “हामी सधैँ विश्वभरका अरु सिर्जनशील कलाकारहरुसँग काम गर्न नयाँ तरिकाहरु खोजीरहेका हुन्छौँ । हामीले धेरै सांगीतिक सहकार्यहरु गरेका छौ, हाम्रो आफ्नै गीतहरुसँग हामीले ३० वटा भन्दा बढी सहकार्यहरु गरेका छौ र त्यो प्रक्रियाले हामीलाई धेरै सिकाएको छ । यस प्रकारको अवसर अरु कलाकारहरुलाई दिनु सधैँ हाम्रो लागी महत्वपूर्ण रहेको छ ।”

१९७४ एडी भन्छन्, “यो हाम्रो लागी पूर्ण रुपमा नयाँ अनुभव रहेको छ र हामीलाई लाग्छ कि हामीले आफुलाई हाम्रो शैली भन्दा बाहिरको सोच्न जोड दिएका छाैँ । ‘द चेनस्मोकर्स्’ सँग सहकार्य गर्न पाउनु हाम्रो लागीे निकै राम्रो अवसर हो र हामी निश्चित छौं कि यो सहकार्यको नतिजा सुन्दा हाम्रो दर्शकहरु खुसी हुनुहुनेछ । संगीतकारको रुपमा, हामीलाई संगीत बनाउन र विभिन्न कलाकारहरुसँग काम गर्न मनपर्छ र यो सम्भव पार्नका लागी हामी टुबोर्गलाई धन्यवाद दिन चाहन्छौँ । हामी सबै गीत रिलिजको प्रतिक्षामा छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय