site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
द चेन–स्मोकर्सको साथमा फेरि टुबोर्ग ओपन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन–स्मोकर्स्’ को साथमा सहकार्य गरि विश्वभरिका संगीतप्रेमीहरुलाई नयाँ सांगीतिक प्रस्तुतिहरु पेश गरिने कम्पनीले जनाएको छ ।

हालै विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेन–स्मोकर्स्’ टुबोर्ग ओपनको साथमा युरोप र एसियाका उत्कृष्ट संगीतकारहरुसँग सहकार्य गर्दै विश्वभरका संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

Agni Group
NIC Asia

नेपालको अभियानमा नेपाली कलाकारले ‘द चेन–स्मोकर्स्’ को ‘सिक् बोई’ एल्बमको हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘होप्’ ट्रयाक्को धुुन  प्रयोग गरि नयाँ संगीत सिर्जना गर्ने मौका पाउनेछन् ।

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन–स्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट् लेट् मी डाउन्’ र ‘हेल्से’ सँगको ‘क्लोजर्’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याती प्राप्त गरे । २०१७ को अप्रिलमा उक्त जोडीले आफ्नो पहिलो एल्बम् ‘मेमोरिज....डु नट् ओपन्’ रिलिज गरेका थिए जसमा ‘कोल्डप्ले’ ब्याण्डसँग सांगीतिक सहकार्य रहेको मल्टी–प्लाटिनम् सर्टिफाईड् हिट ‘समथिङ जस्ट लाईक दिस्’ समावेश थियो ।

Global Ime bank

विश्वभरका प्रतिभाशाली कलाकारहरुले आफ्नो संगीत पुनःकल्पना गरेको हेर्न पाउने मौकाको बारेमा बाल्दै ड्रिउ टग्गार्टले भने, “हामी अवश्य हाम्रो संगीत अरुले कसरी लिन्छन् भनि हेर्न उत्सुक छौँ । यो अभियान धेरै विविध सांस्कृतिक पृष्ठभूमिका कलाकारहरुसँग जोडिदै छ र उनीहरुले कसरी हाम्रो गीतहरुलाई प्रस्तुत गर्नेछन् भनि हामी अनुमान लगाउन सक्दैनौ । हाम्रो संगीतसँग कसरी अरुहरुले आफ्नो सांस्कृतिक प्रभावहरु मिसाएको हेर्न साँच्चै निकै रोमाञ्चक हुनेछ ।”

एलेक्स् पालले थपे, “विश्वभरका कलाकारहरुले आफ्नो संस्कृति, अनुभव, शैली हाम्रो संगीतमा भरेको हेर्न साँच्चै उत्सुक छु किनकि यी देशहरुको संस्कृति र समृद्ध इतिहास विशेष रहेको छ । टुबोर्ग ओपन जस्ता अभियानहरुले संगीतलाई ठूलो र विश्वलाई नजिक लिएर आउँछ ।”

अभियानको भागको रुपमा विश्वभरका संगीतप्रेमीहरुले सामाजिक सञ्जालमा नयाँ ए.आर्. फिल्टर प्रयोग गरि #JointheBeat  मा सामेल हुन सक्नेछन् जसमा उनीहरुले आफ्नो प्रिय कलाकार ‘द चेन्स्मोकर्स्’ को ट्रयाक्कोे मजा लिईरहेको भिडियो अपलोड गर्न सक्नेछन् ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभव शर्मा शर्मा भन्छन्, “टुबोर्गको नेपालमा गत करिब ३ दशक देखि धेरै  प्रतिष्ठित संगीतकारहरु र धेरै सांगीतिक कार्यक्रमहरुसँग आबद्ध रही संगीतसँग लामो सम्बन्ध रहेको छ । २०१८ मा नेपालमा टुबोर्ग ओपनको सुरुवात गर्दा हामीले यति प्रभावकारी होला भन्ने कल्पना गरेका थिएनौ । गत दुई वर्षको अभियानमा ‘बिपुल क्षेत्री’, ‘लाउरे’ र ‘नितेश जंग कुँवर’ ले विश्वव्यापी कलाकारहरु ‘डिप्लो’, ‘मो’ र ‘क्लिन ब्याण्डिट’ सँग सहकार्य गरी दुई वटा गीतहरु रिलिज गरिसकेका छन्  । यो विश्वव्यापी सहकार्यलाई २०२० मा ‘द चेन–स्मोकर्स्’ सँग निरन्तरता दिन पाउँदा हामी निकै खुसी छौं । टुबोर्ग ओपन सधै मानिसहरुलाई विभिन्न संस्कृतिहरुको नयाँ संगीत अनुभव गर्न प्रोत्साहित गर्ने र मौका दिने बारे रहेको छ र यो वर्ष पनि सो निरन्तरता जारी रहनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय