site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बञ्चरो प्रहार गरी बुबाको हत्या
Siddhartha BankSiddhartha Bank

विराटनगर । ओच्छ्यानमा पिसाब फेरेको निहुँमा झगडा हुँदा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन् । जहदा गाउँपालिका वडा नम्बर ५ सन्थाल बस्तीका ४० वर्षीय विरजु टुढुको हत्या आरोपमा उनका १५ वर्षीय छोरा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शनिबार राति बिरजुले श्रीमती शान्तिलाई कुटपिट गरेका थिए । त्यो राति  घरमा जेठी छोरी र ज्वाँइ पाहुना आएका थिए । घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुइँमा सुतेका थिए । बिरजु सुत्ने खाटमा भने उनका दिदीका नातिले पिसाब गरिदिएका थिए ।

Agni Group
NIC Asia

श्रीमती शान्तिले ओछ्यानका कपडाहरू धोएर सुकाइन् । तर, बिरजुले किन “किन पिसाब गर्न दिइस्” भन्दै कुटपिट गरेका थिए । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेतिर छोराले बुबालाई बञ्चरोले प्रहार गरेका थिए । गम्भीर घाइते उनको विराटनगरस्थित विराट नर्सिङ्ग होममा मृत्यु भएको थियो । मृतक टुडु ट्याक्टर चालक हुन् ।

Global Ime bank

श्रीमान् श्रीमतीबीच विवाद भइरहन्थ्यो । हत्यापछि फरार छोरा पक्राउ परेपछि उनलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ । छोराले पोखरीमा फालेको बञ्चरो पनि प्रहरीले फेला पारेको छ ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय