देश
काठमाडौं । कैलालीमा भारी वर्षा भएको छ । जिल्लाको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । त्यसैले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ ०५:३३
प्रतिक्रिया दिनुहोस्