site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोती मुद्दामा जाहेरीवालातर्फका वकिलको बहस जारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

रुकुम । सोती मुद्दामा आज नौ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । 

जाहेरीवालातर्फका छसात वकिलले अझै बहस गर्न बाँकी रहेको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस शुरु भएको हो । पहिलो दिन वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालातर्फका वकिलको बहस आजदेखि सुरु भएको हो ।

जाहेरीवालाका तर्फबाट वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ ।  

Royal Enfield Island Ad

उनका अनुसार सोमबार समय भएसम्म जोहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस पनि सुरु हुने छ । 

सोमबार समय नभए मङ्गलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस हुने छ । प्रतिवादीका तर्फबाट ६ वकिलले बहस गर्नेछन् । मंगलबारसम्म बहस सकिएमा सोही दिन थुनछेक आदेश हुन सक्ने बताइएको छ ।  

छ जनाको ज्यान जानेगरी गत जेठ १० गते  चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध रुकुम अदालतमा मुद्दा दर्ता गराएको छ ।  

तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । दुई नाबालकलाई अदालतको आदेशानुसार बालसुधार गृहमा पठाइएको छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro