site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘पोस्टमार्टमको प्रतीक्षामा रहेको शवमाथि राजनीति’
SkywellSkywell

जनकपुर ।सबैला इलाका प्रहरी कार्यालयको थुनुवा घरभित्र शौचालयमा आत्महत्या गरेको भनिएका शम्भु सादालाई हत्या गरिएको भन्दै जिल्ला भरका दलित समुदायले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार दिउँसो जिल्लाभरका दलित अगुवा तथा विभिन्न दलका राजनीतिक प्रतिनिधिहरुले सबैला बजारमा भव्य विरोधसभा आयोजना गरेका छन् । बन्दाबन्दीको वास्ता नगरी दलित समुदायका सयौं प्रदर्शनकारीले नगर क्षेत्रमा विरोध प्रदर्शन गरी बजारको खुला मञ्चमा कोणसभा गरे । 

Dabur Nepal
NIC Asia

दलित समुदायमाथि देशैभरि आक्रमण भइरहेको बताउँदै दलित समुदायका अगुवाहरुले राज्यविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिए । एक जना दलित नागरिक उपर हिंसा हुँदा अन्य समुदाय मूकदर्शक बनिरहेको गुनासो गर्दै अधिकांश वक्ताहरुले सबै दलित समुदायलाई एकजुट भएर अघि बढ्नुपर्ने वकालत गरे ।

गत मंगलबार राति इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका शम्भुलाई हत्या गरेको भन्दै मृतक पक्षले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा बुधबार बिहान इलाका प्रहरी कार्यालय परिसरभित्र पार्किङ गरी राखिएका दुईवटा प्रहरी भ्यान र कार्यालय भवनमा आक्रोसित समूहले तोडफोड गरेको थियो । 

यता, पोस्टमार्टममा आफ्नो समुदायको डाक्टरको प्रतिनिधित्व नभएको भन्दै पीडित पक्षले साथ नदिँदा अहिलेसम्म शवको पोस्टमार्टम हुन सकेको छैन । अत्यधिक गर्मीको मौसममा पनि चार दिनसम्म अव्यवस्थित शवगृहमा रहेको शवको पोस्टमार्टम गर्न ढिलाइ हुँदा कुहिएर घटना प्रकृति खुल्न नसक्ने अवस्था आउन सक्ने भन्दै मानव अधिकारकर्मी विनोद महराले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सादाले पनि राज्यको असहयोगका कारण घटनाको ढाकछोप गर्न पोस्टमार्टममा ढिलाइ भइरहेको गुनासो गरे । 

सादाले भने, “समयमा शवको पोस्टमार्टम गरी घटनाको प्रकृति आधारमा दोषी सावित हुनेलाई कारबाही गर्नुपर्नेमा शव माथि राजनीति भइरहेको छ ।”

तस्बिर : सबैला बजारमा शुक्रबार आयोजित विरोधसभामा सहभागी दलित समुदाय । सौजन्य– मोहन सादा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu