site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ साहित्यकार सम्मानित

काठमाडौं । शमी साहित्य प्रतिष्ठानले ६ साहित्यकारलाई ‘साहित्य साधना सम्मान’बाट सम्मानित गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्का सभामुख देवराज घिमिरेले साहित्यकारहरू कृष्ण गौतम र राप्रउ पोखरेललाई (२०७८), ज्ञान उदास र रामबाबु घिमिरेलाई (२०७९) र प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई (२०८०) सालको साहित्य साधना सम्मान प्रदान गरे ।

सर्जकहरूलाई सम्मानका साथ जनही ५० हजार १०१ रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।

प्रमुख अतिथि घिमिरेले खास चर्चामा आउन नसकेका साहित्यकारहरूको खोजी गरी तिनलाई सम्मानित गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।

सोही अवसरमा गंगाप्रसाद उप्रेतीको नयाँ संस्मरणसंग्रह ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पित गरियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro