site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालीको ‘राष्ट्रिय रोग’ नै हो त ग्यास्ट्रिक ?
SkywellSkywell

काठमाडौं । ग्यास्ट्रिक आम रूपमा देखिने स्वास्थ्य समस्या भएकाले धेरैले यसलाई हरेक नेपालीको पेवा, राष्ट्रिय रोग आदि उपनाम दिएको पाइन्छ । कति नेपालीमा ग्यास्ट्रिकको समस्या छ त ? अथवा वार्षिक कति नागरिक यससँग सम्बन्धित रोगबाट पीडित भइरहेको छन् ? यसको यकिन तथ्यांक छैन ।

वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. सन्दीपराज कुँवर ग्यास्ट्रिकलाई आमाशयसँग जोडिएको समस्याको रूपमा व्याख्या गर्छन् । उनका अनुसार यसले मुख्यतः दुईखाले समस्या निम्त्याउँछ, आमाशयभित्रको झिल्ली सुन्निने र रिफ्लक्स डिजिज् ।

रिफ्लक्स आमाशयबाट एसिड माथि फर्किने समस्या हो । यसले छाती पोल्ने, खाना खाँदा अफ्ठ्यारो हुने, अमिलो पानी मुखमा आउनेजस्ता समस्या निम्त्याउँछ । अधिकांश ग्यास्ट्रिकका बिरामीलाई रिफ्लक्सले नै सताइरहेको पाइन्छ ।

Dabur Nepal
NIC Asia

ग्यास्ट्रिकसँग आम नेपालीलाई जोडिरहँदा यसको कारण बुझ्नु जरुरी छ । रिफ्लक्स डिजिजको मुख्यकारण एचपाइलोरी संक्रमण हो । एचपाइलोरी एक प्रकारको ब्याक्टेरिया हो, जुन धेरैजसो मानिसमा सानैदेखि हुन्छ ।

कतिपयमा यो सानैमा हटेर जान्छ वा रोग प्रतिरोधी क्षमताका कारण हराउँछ भने कतिपयमा रहिरहन्छ । नेपालीको हकमा ६० प्रतिशत जनसंख्यामा एचपाइलोरी रहेको अध्ययनहरूले देखाएका छन् । तर, ती ६० प्रतिशतमध्ये पनि प्रत्येक ६ मध्ये एकजनालाई मात्रै पछि गएर यसको असर देखन्छ । एचपाइलोरी संक्रमणकै कारण आमव्यक्तिमा रिफ्लक्सकाविभिन्न असरहरू देखिने गरेको छ ।

दोस्रो कारण नेपालीमा पेन किलरको असरले ग्यास्ट्रिकसम्बन्धी विभिन्न समस्या निम्त्याएको छ । त्यसमाथि धूमपान, मद्यपान र अन्य खानपानका कारण धेरैमा ग्यास्ट्रिकले सताएको पाइन्छ । तर, हामीले सुनेजस्तो सबैलाई यसले जटिल अवस्था निम्त्याएको छ वा पेटबाहेकका अन्य समस्या पनि ग्यास्ट्रिककै कारण देखिइरहेको भन्ने चाहिँ गलत हो ।

के के कारणले हुन्छ ग्याष्ट्रिक ?
ग्यास्ट्रिकका कारणलाई जीवनशैली र खानपानसँग जोडेर आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । के कस्ता कारणले हुन्छ त ग्यास्ट्रिक ? यसमा डा. कुँवर आफ्नो अनुभव यसरी बताउँछन्–

दूध र दूधजन्यपदार्थ बढी खाने व्यक्तिमा ग्यास्ट्रिकले धेरै सताएको पाइन्छ । यसबाहेक तारेको भुटेको, मसालेदार र दूषित खाना यसको अर्को कारक हो । यस्ता खनेकुराले पेटमा एसिडको मात्रा बढाइ माथि धकेल्ने काम गर्छ । त्यसभन्दा महत्त्वपूर्ण धूमपान मद्यपान गर्ने व्यक्तिमा रिफ्लक्सले धेरै सताउँछ ।

हाम्रो पेटलाई खाना पचाएर पूर्ण रूपमा खाली हुन लाग्ने समय चार घण्टा हो । यसबीचमा खाना पेटमा रही सानो आन्द्राबाट पाचन रसायनहरू आउने र पचाउने प्रक्रिया चल्दछ । एकैपटक धेरै खानेकुरा खाँदा यो प्रक्रियामा असर पुग्नजान्छ र खाना धेरैबेर पेटमा रहे रिफ्लक्सको समस्या पनि बढ्न जान्छ ।

ग्यास्ट्रिकको असर कतिसम्म देखिन्छ भन्न यसको कारण पत्ता लगाउनु जरुरी छ । माथि भनिएजस्तै एचपाइलोरी इन्फेक्सनका कारण समस्या बढिरहेको भए यसलाई एन्टिबायोटिक औषधिमार्फत् निको पार्न सकिन्छ । अन्य अवस्थामा सामान्यतः ग्यास्ट्रिकको समस्या ६ देखि आठ हप्ताको औषधि सेवनबाट निको हुन्छ । तर, कहिलेकाहीँ एचपाइलोरी इन्फेक्सनकै कारण व्यक्तिलाई अल्सर हुनजान्छ ।

अल्सर एक प्रकारको घाउ हो, यही क्यान्सरको कारण पनि बन्नसक्छ । यो रक्तनलीमा पर्न गएमा आन्तरिक रक्तश्राव हुने र अवस्था निकै जटिल बन्नसक्छ । त्यसैले ग्यास्ट्रिकका लक्षण देखिएका व्यक्तिले तुरुन्तै उपचारमा पुगी कारण पत्ता लगाउन जरुरी हुन्छ ।

विशेषगरी ४५ वर्ष कटेका व्यक्ति, जसलाई क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै रगतको कमी भएका, खाना निल्दा अड्किरहने, पेटको समस्या लामो समयसम्म पनि ठिक नहुने दिशामा रगत देखिने जस्ता खतराका लक्षण हुन् । नचाहेरै तौल घट्नु पनि खतराको लक्षण हो, यदि तौल घटाउने उपायहरू नगरेको र साविककै खाना खाइरहेको अवस्थामा ६ महिनामा तीन केजीभन्दा बढी तौल घटेमा त्यस्ता व्यक्तिलाई विशेषज्ञकहाँ पुग्न डा. कुँवर सल्लाह दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu