site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा कोरोना संक्रमित ५४ जना थपिए, ३७ जना डिस्चार्ज

जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार ३७७ पुगेको छ । 

मंगलबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । 

संक्रमितमध्ये सप्तरीमा ३ महिला र १० पुरुष, धनुषामा २० पुरुष १ महिला, महोत्तरीमा १८ पुरुष १ महिला र सर्लाहीमा एक पुरुष छन् । 

अहिलेसम्म धनुषामा कुल संक्रमितको संख्या १२२ भएकोमा मंगलबार ३० जना कोरोनालाई जितेर घर फर्केका छन् । मन्त्रालयको अनुसार धनुषाको मुखियापटी मुसरनियाँ गाउँपालिकाका ११ जना, हंसपुर नगरपालिकाका ४ जना, सबैला नगरपालिकाका २ जना, जनकपुरधाम उपमहानगरपालिकाका ६ जना र गणेशमान चारनाथ नगरपालिकाका एक जनासहितका छन् । मंगलबार प्रदेश २ बाट ३७ जना डिस्चार्ज भएका छन् । यो समेत कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको संख्या २६३ जना पुगेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro