site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 भारत-चीन सैन्य वार्ता : सीमा समस्या समाधानका लागि सैन्य र कुटनीतिक संयन्त्रमार्फत वार्ता जारी राख्‍ने
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । सीमा समस्या समाधानका लागि भारत-चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।  भारतको आग्रहमा भएको वार्ता शनिबार बिहान ८:३० बजे हुने भनिए पनि ११:३० बजे सारिएको थियो । 

सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउँदै भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर हिसाबले वार्ता गर्ने भारतले बताएको थियो । चिनियाँ क्षेत्रमा पर्ने पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को माल्दोस्थित बोर्ड पर्सोनेल मिटिङ पोइन्टमा वार्ता भएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ । 

Agni Group
NIC Asia

वार्तालाई उल्लेख नगरी भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भारतीय र चिनियाँ अधिकारीहरू भारत-चीन सीमा क्षेत्रहरूको वर्तमान अवस्थालाई सम्बोधन गर्न स्थापित सैन्य र कूटनीतिक माध्यमहरूमार्फत वार्तालाई निरन्तरता दिने सहमति भएको जनाइएको छ । 

वार्तामा भारतले भारतीय सेनाको गस्ती टोलीले चिनियाँ पक्षले बाधा पुर्‍याएको कुरा राखेको थियो ।  भारतीय वार्ता टोलीको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बत मिलिटरी डिस्ट्रिक्ट कमाण्डर लिउ लिनले गरेका थिए । 

Global Ime bank

पछिल्लो एक महिनादेखि लद्दाख क्षेत्रमा दुबै मुलुकका सेनाबीच तनाव सिर्जना भएपछि विवाद उत्‍पन्‍न भएको थियो । लद्दाखको पैंगोङ झील र पूर्वी लद्दाखको गलवान घाँटीको संवेदनशील क्षेत्रको विषयमा विवाद सिर्जना भएको थियो ।  यसअघि दुबै पक्षका स्थानीय कमाण्डरबीच १२ पटक र मेजर जनरल तहमा तीन पटक वार्ता भइसकेको छ । उक्त वार्ताले कुनै निर्णायक परिणाम हासिल गर्न नसकेपछि उच्चस्तरीय सैन्य वार्ता भएको हो ।

आज हुने वार्ताले सीमामा भइरहेको तनाव अन्त्य गर्ने विश्वास लिइएको थियो । तर, वार्ताबाट के सहमति भयो भन्‍ने खुलाइएको छैन । यसको आधिकारिक जानकारी भारतीय सेना र सरकारले सार्वजनिक गर्ने बताइएको छ । वार्ताभन्दा एकदिन अघि शुक्रबार दुबै मुलुकका राजदूतले कुटनीतिज्ञहरुसहित दुबै मुलुकका मतभिन्‍नताहरु शान्तिपूण तरिकाले वार्तामार्फत सम्‍पन्‍न गर्न आग्रह गर्दै भिडियो कन्फरेन्स गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu