site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१३ र १४ नम्बर वडाले ज्ञवाली र रेणुको जितहार टुङ्गो लगाउने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैभन्दा चासोको केन्द्र बन्यो– चितवनको भरतपुर महानरपालिका । विपरित ध्रुवका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै विमानमा सँगैको सिटमा बसेर भरतपुर पुगे र एउटै मञ्चबाट माओवादी केन्द्रका लागि भोट मागे । देउवा र दाहालले अन्तिम समयमा गरेको गठजोडलाई सफल बनाउन उनीहरुले भोट मात्रै मागेनन् चुनावी मञ्चबाटै एकअर्काको प्रशंसा समेत गरे ।  

यस्तै कारण पनि भरतपुर महानगर चुनावी नतिजालाई लिएर देशकै आकर्षणको केन्द्र बन्यो । नागरिकले भरतपुरको मतपरिणामको ब्यग्र प्रतिक्षा गरिरहेका छन् तर अन्य महानगरपालिकाको जितको ‘सिनारियो’ देखिए पनि भरतपुर भने अझै अन्योलमा नै छ । 

२९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ । यसमध्ये करिब ६० प्रतिशत मतगणना भइसकेको छ । १ देखि १२ नम्बर वडा र २९ र २८ नम्बर वडाको मतगणना भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्मको नतिजा अनुसार एमालेका तर्फबाट मेयरका उमेदवार देवी ज्ञवालीले ३६ सय मतले अग्रता लिइरहेका छन् । अहिले २७ नम्बर वडाको मतगणना भइरहेको छ । मघौली क्षेत्रको यो वडा कांग्रेस एमालेको लगभग बराबरी मतदाता भएको क्षेत्र मानिन्छ । 
गन्न बाँकी रहेका पश्चिम चितवनका १४, १६ र १७ नम्बर वडा एमालेको राम्रो पक्कड क्षेत्र रहेको इलाका मानिन्छ । 

यस्तै १५, १७, १८ र १९ भने कांग्रेसका मतदाता धेरै रहेको वडाका रुपमा चिनिन्छ । 

Global Ime bank

तोरीखेत क्षेत्रको १३ र १४ नम्बर वडालाई माओवादी केन्द्रले आफ्नो भन्दै दाबी गर्दै आएको छ । तर, उसले दाबी गरे जस्तो यी वडामा ठूलो संख्यामा माओवादी केन्द्रका मतदाता कम रहेको आकलन गरिएको छ ।

२३,२४,२५ र २६ नम्बर वडा माओवादीको आधार इलाका मानिन्छ । यी वडा फुलबारी, पटियानी, शिबनगरलगायतका क्षेत्रमा पर्छन् । शिबनगर प्रचण्डको आफ्नै क्षेत्र पनि भएकाले यसमा माओवादी केन्द्रले ठूलो अपेक्षा गरेको छ । रेणुको जित÷हार पनि यही क्षेत्रले निर्धारण गर्ने अनुमान गरिएको छ । 

यता, मंगलपुर, दिब्यनगर, शारदापुरलगायका क्षेत्रलाई भने कांग्रेसको पक्कड क्षेत्रका रुपमा लिइन्छ । 

सोमबार अपरान्हसम्म मतगणना हुँदा एमालेको आधार इलाका मानिने क्षेत्र सकिएका छन् । कांगे्रस र माओवादी केन्द्रका भने केही बाँकी नै छन् । त्यसैले एमालेले आफ्नो अग्रतालाई कायम राख्दै जित्नका लागि कांगे्रस र माओवादीका मतदाताले मत दिएको हुनुपर्छ । कांग्रेस मतदाताले पार्टी नेतृत्वको निर्देशन विपरित गोप्य मतदानको प्रयोग गर्दै क्रस भोटिङ प्रशस्तै गरेको मतगणनामा देख्न सकिन्छ । मेयरमा सूर्यमा मतदान गरेर बाँकी कांग्रेस उमेदवारलाई मतदान गरेको भेटिएको छ ।

अहिलेसम्मको मतगणनाको नतिजाअनुसार अब आफूले १५ सय देखी २ हजारको मतान्तरले जित्ने आधार तय भइसकेको एमालेका तर्फबाट मेयरका उमेदवार ज्ञवालीको दाबी छ ।

एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले पनि आफ्नो पार्टीको जित सुनिश्चत भइसकेको दाबी गरेका छन् ।

२८ नम्बर वडाको मत गणना गरिसक्दा ५ हजार मतले लिड गर्छु भनेको एमालेले ३ हजार मतले मात्रै अग्रता लियो । यसले गर्दा जित एमालेले भने जस्तो सहज देखिँदैन तर २९ नम्बर वडाको भोट गणना भइरहँदा कांग्रेस मतदाताले क्रस भोट गरेको देखिएको छ । यो वडामा कांग्रेसको ३० प्रतिशत भोट मात्रै रेणुलाई खस्यो । बाँकी ७० प्रतिशत भोट एमाले, राप्रपा र बदर मतमा गएको देखिन्छ । २९ नम्बरको भोट ७० प्रतिशत अरुलाई नै भएपछि माओवादी केन्द्र र कांग्रेस हतोत्साही देखिएकाछन् । यो वडामा ४ हजार मतदाता छन् । 

मिश्रित मतदाता रहेको मानिने २७ र २८ को मतगणनामा पनि एमालेले सामान्य अग्रता गर्ला भन्ने अनुमानविपरित फराकिलो अग्रता काय गर्यो । 

७ हजार मतदाता भएको ११ मा भने सोचेअनुसार एमालेले राम्रो मत ल्याउन सकेन । त्यहाँ कांग्रेसको मत २९ प्रतिशत एमाओवादी केन्द्रलाई गयो । यो एमालेका लागि चुनौती बन्यो । तर, २८ र २९ मा माओवादी केन्द्रलाई सोचे अनुसारको भोट गएन जुन रेणुका लागि तनावको विषय बन्यो । 

अब रेणुका लागि आशाको केन्द्र भनेको चितवन क्षेत्र नम्बर ४ हो । संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापती सुशील कोइरालाले जितेको यो क्षेत्रबाट रेणुलाई भोट जान्छ कि जाँदैन त्यसैले उनको भाग्य र भविश्य निर्धारण गर्नेछ । यो क्षेत्रको एउटा मात्रै वडाको मत गणना भएको छ । बाँकी वडाको मत रेणुको पक्षमा कम्तिमा ५५ देखि ६० प्रतिशतसम्म खस्नुपर्नेछ । यदि यो औषतमा ६० प्रतिशतसम्म मत खसेन भने परिणाम एमालेका ज्ञवालीका पक्षमा जाने निश्चित छ । ५० प्रतिशत मात्रै पनि मत खस्यो भने कांग्रेस एमालेको भरतपुर गठजोड काम लाग्ने छैन । 

२७ नम्बर वडाको मतगणना सकिएपछि १३ नम्बर वडाको मतगणना सुरु हुनेछ । आज साँझबाट सुरु हुने यो वडाको मतगणनामा रेणुले ज्ञवालीलाई लिड गरिन् भने परिणाम माओवादी केन्द्रको पक्षमा जानसक्ने सम्भावनाको ढोका खुलेको रुपमा बुझ्न सकिनेछ । अन्यथा परिणाम उनको पक्षमा जाने संकेत देखिने छैन । यो वडामा आफूले जित्ने माओवादी केन्द्रले दाबी गर्दै  आएको छ । 

१४ नम्बरको नतिजा आइसक्दा परिणाम कसको पक्षमा आउँछ र त्यसले भरतपुर महानरगरको मेयर पद कसको पोल्टामा जान्छ लगभग टुङ्गो लाग्नेछ । १४ नम्बरको परिणाम भोलीसम्ममा आउनेछ । 

२७ र २८ मा कांगे्रसको क्रस भोटले एमाले उत्साहित देखिएको छ भने कांग्रेस र माओवादी केन्द्रका मतदाता रहेको क्षेत्रको मतगणना  बाँकी रहेकाले एमाओवादी पनि आशाबादी नै छ ।    

ताजा मतपरिणाम अनुसार अहिले एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा २५ हजार ४९३ मत खसेको छ भने माओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले २१ हजार ४४७ मत प्राप्त गरेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC