कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालको सिद्ध सामुदायिक वनमा पोखरी निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको एक सामुदायिक वन एक पोखरी अभियान अन्तर्गत पोखरी निर्माण सुरु गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बिहीबार पोखरी शिलान्यास गरे ।
उनले वन्यजन्तुहरुलाई पानीको समस्या हुन नदिन नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान सुरु गरिएको बताए ।
सिद्ध सामुदायिक वनमा अभियान अन्तर्गत पोखरी निर्माण सुरु गरिएको उनले बताए ।
सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुहरुलाई पानीको सुविधा हुने बताए । उनले भने, “वनको उत्तरी क्षेत्र तालडाँडामा एउटा पोखरी छ, अब यो पनि बन्छ, यसबाट जनावरलाई पानी खान सजिलो हुन्छ ।”
पोखरी निर्माणका लागि ९ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५ सय बढी घरधुरी छ्न् । यसअघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
भीमदत्त नगरपालिकाको पाँचौं नगर सभाबाट चालु आर्थिक वर्षका लागि एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो ।
भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा ८ सामुदायिक वन छ्न् ।