site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाको उत्पत्ति चिनियाँ ल्याबमा भएको ट्रम्पको दाबी
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेल कोरोना भाइरसको उत्पत्ति चिनियाँ ल्याबमा भएकोप्रति आफू विश्‍वस्त भएको बताएका छन् । 

बिहीबार ह्‍वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले भने, "म उच्च विश्वासका साथ भन्छु र मलाई लाग्छ भाइरस वुहानको इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट उत्पत्ति भएको हो ।"

पत्रकार सम्मेलनमा एक संवाददाताले 'अहिले आएर तपाईंले के देख्नुभयो जसले गर्दा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी नै यो भाइरसको उद्‌गमस्थल थियो भन्‍नेमा तपाईंको विश्वासलाई उच्च तहमा पुर्‍याओस् ?

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा ट्रम्पले भने, "हो मसँग प्रमाण छ । विश्व स्वास्थ्य संगठनलाई लाज लाग्‍नुपर्ने हो । किनकि विश्व स्वास्थ्य संगठनले चीनको जनसम्पर्क निकायजस्तो काम गर्‍यो ।" चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुनसक्ने उनले दाबी गरे । 

"मलाई थाहा छैन चीनमा कति मानिसहरूलाई हिँडडुल गर्न दिइएन, तर उनीहरू अन्यत्र सबैतिर हिँडिरहेका थिए । त्यो एकदमै खराब हो । त्यो उनीहरूका लागि जवाफ दिन निकै गाह्रो प्रश्न हो," ट्रम्पले भने ।

Global Ime bank

तर, अमेरिकी गुप्तचर समूहले भने कभिड-१९ रोग निम्त्याउने कोरोना भाइरस 'मानव निर्मित' अथवा 'आनुवंशिक रूपमा परिवर्तन गरिएको' नभएको ठहर गरेको  छ। यद्यपि भाइरसको उत्पत्तिबारे उनीहरूले अझै अनुसन्धान गरिरहेका छन् ।

नेसनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट सुरु भएको थियो भन्‍नेबारे निकायहरूले अनुसन्धान गरिरहेको जनाएको छ । 

'डाइरेक्टर अफ नेसनल इन्टेलिजेन्स'को कार्यालयले कोभिड-१९ को उत्पत्ति प्राकृतिक हो भन्‍नेबारे 'वैज्ञानिकहरूको व्यापक सहमति रहेको' जनाएको छ । "संक्रमित जनावरको सम्पर्कमा आएर वा वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्‍ने सुनिश्चित गर्ने गुप्तचर निकायहरूले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेका छन्," उसले भनेको छ ।

राष्ट्रपति ट्रम्पले भने यसअघिदेखि नै कोरोना भाइरस चीनले बनाएको र चिनियाँ प्रयोगशालामा बनाइएको दाबी गर्दै 'चिनियाँ भाइरस' को संज्ञा दिँदै आएका थिए । 

चीनले भने कोभिड-१९ मानव निर्मित हो भन्‍ने सिद्धान्तको खारेज गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिको आलोचना गरेको छ । अमेरिकाले चीनमाथि कोरोना भाइरसलाई जैविक हतियारका रुपमा विकास गरेको आरोप लगाउँदै आएको छ । तर, चीनले भने यो कुरा सुरुदेखि नै अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्‍वभर हाल ३२ लाखभन्दा बढीलाई संक्रमित बनाएको छ भने २ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा १० लाख ६८ हजार भन्दा बढी संक्रमित छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ६२ हजार ९ सयभन्दा बढी पुगेको छ । -बीबीसीअलजजिरा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC