खेल
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्येका एक हुन् । उनका नाममा विश्व क्रिकेटका धेरै रेकर्ड छन् । तर, एक समय उनका लागि यस्तो पनि थियो, जहाँ उनले राष्ट्रिय टोलीमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।
क्रिकेटका स्टार केहलीले सुरुवातमा टोलीमा आफू नपर्दा रातभर रोएको बताए । “पहिलोपटक मलाई टेस्ट टिमबाट निकालिएको थियो । त्यतिबेला रुँदा–रुँदै रातिको ३ बजेको थियो । आफूलाई पनि विश्वास भइरहेको थिएन कसरी टिमबाट आउट भएँ,” कोहलीले भने, “मैले सबै खेलमा राम्रो रन बनाएको थिएँ । मेरो प्रदर्शनबाट सबै सन्तुष्ट थिए । मैले उत्कृष्ट प्रदर्शन गरेको थिएँ । त्यसका बाबजुद पनि म टिमबाट आउट भएँ ।”
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७ ११:१९
प्रतिक्रिया दिनुहोस्