अर्थ व्यवसाय
काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरससँग लड्न पौने २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँ जम्मा गरेको हो ।
सहयोग रकम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई हस्तान्तरण गरे ।
बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितलाई दाल, चामललगायत खाद्यान्न वितरण गरी सहयोग पु¥याउँदै आएको दाबी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७ १९:१४
प्रतिक्रिया दिनुहोस्