site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चौतारामा ५० लाखको आपत्‌कालीन कोष
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि  कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्‍न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।  सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत संकलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । यस्तै बैठकले चैतभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । -रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय