site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पहाडी जिल्लामा हेलिकोप्टरबाटै स्वास्थ्य सामग्री ढुवानी गराैं’
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मित्र राष्ट्र चीनबाट आयात गरिएको स्वास्थ्यसँग सम्बन्धित सामान र उपकरण सर्वप्रथम प्रदेश १ सरकारले सबै पहाडी जिल्लाभर पठाउने प्रबन्ध गर्नुपर्ने माग गरेका छन् ।

यसका लागि होलिकोप्टर नै उत्तम विकल्प हुन सक्ने भन्दै कार्कीले संकटका बेला स्थलमार्गभन्दा पनि हवाई मार्गको प्रयोग सहज र छरितो हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । कार्कीले आइतबार एक विज्ञप्ति प्रकासित गरी  प्रदेश १ का तराईका जिल्लामा चारचक्के सवारी साधनबाट ढुवानी सम्भव र सहज हुनसक्ने सुझाएका हुन् । उनले सर्वप्रथम मानिसमा कारोना भए नभएको परीक्षणमा जोड दिन र यो कार्यमा कांग्रेसको सकारात्मक सहयोग रहने जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘सबै जिल्लामा कम्तीमा एक एम्बुलेन्स कोभिड १९ का शंकास्पद बिरामीलाई अस्पतालसम्म पुर्‍याउन तयार राखौं । प्रदेश केन्द्रमा दसवटा एम्बुलेन्स तयारी अवस्थामा राखौं’’, विज्ञप्तिमा भनिएको ,‘‘जति धेरै परीक्षण गर्छौं उति नै धेरै जनतालाई बचाउन सकिन्छ । सबैभन्दा पहिले अग्रभागमा खटिने स्वस्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यलाई विशेष महत्त्वमा राखेर पीपीई उपलब्ध गराउनु अनिवार्य हुन्छ ।’’ 

बिहान काम गरेर बेलुकी छाक टार्ने परिवारलाई छिटोभन्दा छिटो स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा सम्बोधन गर्न विदेशमा रही नेपाल फर्कनु भएका महानुभावलाई आफैं सेल्फ क्वारेन्टाइनमा बस्न अथवा स्थानीय सरकारले निर्माण गरेको वा तोकिएको स्थानमा क्वारेन्टाइनमा बस्नु हुन पनि विज्ञप्तिमार्फत् अपिल गरिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय