site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केन्द्रीय कारागार : छ वटा नयाँ भवन निर्माण हुँदै
SkywellSkywell

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ ।

विसं १९७१मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलका पुराना भवनमा कैदीबन्दी राख्दा समस्या उत्पन्न हुँदै गएपछि छ वटा नयाँ निर्माण गर्न लागिएको  हो । केन्द्रीय कारागार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले सरकारले छ वटा भवन निर्माण गर्ने लक्ष्य राखेपनि तीनवटा भवन निर्माणकार्य भइरहेको बताए । “दुई वर्षमा छ वटै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार तीनवटा भवन निर्माणकार्य भइरहेको छ, बाँकी तीनवटा भवनपनि चाँडो निर्माण गर्ने तयारीमा छौँ”, उनले भने ।  

भ्याटबाहेक रु ३८ करोड लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त कारागारका प्रत्येक भवन चारतल्ले हुनेछन् । यस्तै, तीन हजार कैदीबन्दी सजिलैसँग अट्नेगरी भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणको जिम्मा विकोई किराँतेश्वर जेभीले लिएको छ । 

Dabur Nepal
NIC Asia

केन्द्रीय कारागार कार्यालय भवन १९५० को दशकमा निर्माण भएको थियो । विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले केन्द्रीय कारागार भवनमा क्षति पुगेको थियो । बयालिस रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । कारागारमा हाल तीन हजार ३०८ कैदीबन्दी छन् । जसमध्ये, केन्द्रीय जेलमा एक हजार ९७२, भद्र जेलमा ९२३ र महिला जेलमा ४०२ कैदीबन्दी छन् । यस्तै कारागारभित्र ११ जना नावालकसमेत रहेको प्रमुख बास्कोटाले बताए । 

कारागार व्यवस्थापन विभागले गरेको सर्वेक्षणअुनसार केन्द्रीय कारागारको क्षमता एक हजार ४५० भएपनि हाल दोब्बरभन्दा धेरै कैदीबन्दी बस्दै आएका छन् । धेरै कैदीबन्दीलाई एकैठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामीसमेत हुने गरेका छन् । 

काठमाडौँको डिल्लीबजारसमेतमा अर्को जेल रहेको कारण महिला कैदीबन्दी भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा आएको छ । कूल ३० श्यया क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । 

यस्तै, कैदीबन्दीको अध्ययनका लागि तीनवटा विद्यालय पनि कारागारभित्र सञ्चालित छन् । कक्षा एकदेखि आठसम्म पढाई हुने  बन्दी आधारभूत विद्यालय, कक्षा एकदेखि पाँचसम्म पढाई हुने महिला बन्दी विकास आधारभूत विद्यालय र कक्षा एकदेखि १२सम्म पढाई हुने जगन्नाथ माध्यामिक विद्यालय रहेका छन् । 

उक्त विद्यालयमध्ये बन्दी आधारभूत विद्यालय भद्र जेल, महिला बन्दी विकास आधारभूत विद्यालय महिला जेल र जगन्नाथ मावि केन्द्रीय जेलमा सञ्चालित छन् । कैदीबन्दीको रोजगारीका लागि केन्द्रीय कारागारभित्र कारागार कारखानासमेत स्थापना गरिएको छ । 

कारागार व्यवस्था विभागका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेका छन् ।
 
धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu