site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

काठमाडौं । चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो ।

नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक नै नरहेको जानकारी दिए ।

चीनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई 'चोमालोङ्मा' भन्छ । 

पछिल्लो विवरण अनुसार, तिब्बत भूकम्पबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ ।

नेपाली समयअनुसार, मंगलबार बिहान ६:५० बजे भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासहित भारतमा समेत महसुस गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro