site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भावना
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना छ । मिस वर्ल्ड प्रतियोगिता आयोजकले नेपालमा प्रतियोगिता आयोजना गर्न सके ऐतिहासिक हुने जनाएका कारण मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भना रहेको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ । 

हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारका अनुसार अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले नेपाल मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न उचित देश रहेको बताएका थिए । 

“नेपालको हिमाल, ऐतिहासिक पक्ष तथा सुन्दरताबाट मोहित भएर उहाँहरू नेपालमा मिस वर्ल्ड प्रतियोगिता गर्न सकिने भन्दै फर्किनु भएको छ,” हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले भने, “मिस वर्ल्ड नेपालमा आयोजना गरे प्रतियोगिताको इतिहासमै महत्पूर्ण हुन्छ भनेर फर्किनुभएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले यो वर्षको मिस वर्ल्ड प्रतियोगिता नेपालमै हुने प्रवल सम्भावना रहेको बताए । यसका लागि जुलिया र स्टिभले तीन हप्ताभित्र प्रतियोगिता आयोजनाका लागि आवश्यक ‘रिक्वारमेन्ट’ पठाउने बताएका छन् । 

“लन्डन पुगेपछि तीन हप्ताभित्रमा प्रतियोगिता आयोजनाका लागि रिक्वायरमेन्ट के–के चाहिन्छ, त्यो पठाउने जुलिया र स्टिभले बताउनु भएको छ,” अध्यक्ष राजकर्णिकारले भने, “उहाँहरूले रिक्वायरमेन्ट पठाइसकेपछि हामी सरोकारवाला पक्षहरूसँग छलफल गरेर जवाफ पठाउने छौं ।” 

Global Ime bank

रिक्वायरमेन्टमा नेपालले प्रदान गर्न सक्ने सुविधा सम्पन्न होटल, उपयुक्त स्थान, साउन्ड सिस्टम, सुरक्षा आदि पर्छन् । 

१३० देशका सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भने उनीहरूलाई आयोजकले एक महिना वृत्तिविकासका लागि तालिम दिन्छ । उक्त तालिम प्रतियोगिता आयोजना गर्ने देशमै हुन्छ । 

पर्यटन प्रवर्द्धन तथा प्रचारका हिसाबले पनि प्रतियोगिता महत्त्वपूर्ण भएकाले मिस वर्ल्ड जसरी पनि नेपालमा गर्नुपर्ने पक्षमा हिडन ट्रेजर छ । 

“एक महिना १३० देशका सुन्दरीहरू नेपालमा बस्छन् । इभेन्टमा सहभागी हुन उनीहरूका आफन्त तथा प्रायोजकहरू आउँछन्,” हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकार भन्छन्, “उनीहरू पनि नेपाल आएपछि यहाँका हिमाल, ताल तथा काठमाडौं, ललितपुर तथा भक्तपुरका ऐतिहासिक स्थल घुम्दा कम्तिमा एक साता बस्छन् । यसले नेपालको पर्यटनमा ठूलो सहयोग पुग्छ ।”

विश्वले हेर्ने प्रतियोगिताको फाइनलको लाइभ टेलिकास्ट नै संसारभरका करोडौंले हेर्ने उनी बताउँछन् । सेलिब्रिटीहरूले सामाजिक सञ्जालमा नेपालबारे गर्ने पोस्टले पनि नेपालको प्रचार हुने उनको भनाइ छ ।

नेपालको सामाजिक, ऐतिहासिक, धार्मिक तथा सुन्दरताका कारण आयोजक नेपालमा प्रतियोगिता गर्न उत्सुक भएकाले सम्भावना उच्च भएकाले सबै पक्षले सहयोग गर्नेमा उनको जोड छ । पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग पनि प्रस्ताव राखिसकेको र सहयोगको प्रतिबद्धता पाएको अध्यक्ष राजकर्णिकारले जानकारी दिए । मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्दा सम्बन्धित देश तथा अग्रसरता लिने संस्थाले खर्च बेहोर्नुपर्छ अथवा पर्दैन त्यो आयोजकले बताइ नसकेको उनको भनाइ छ ।

मनोरञ्जन क्षेत्रका ठूला प्रतियोगिता नेपालमा आजसम्म भएका छैनन् । गत वर्ष चलचित्रसँग सम्बन्धित आईफा अवार्ड गर्ने निर्णय भए पनि अन्तिम अवस्थामा स्थगित गर्नुपरेको थियो । त्यसअघि बलिउड स्टार सलमान खान र कमेडियन कपिल शर्मा आउने तय भइसक्दा पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । 

यसैबीच, गत साता नेपाल आएका मिस वर्ल्ड आयोजकले मिस वर्ल्ड २०१८ र २०१९ ‘ब्युटी विथ पर्पस विजेता क्रमश : शृंखला खतिवडा र अनुष्का श्रेष्ठको प्रोजेक्ट क्षेत्र मकवानपुर र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेर दुवै आयोजनालाई २०–२० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

शृंखलाले चेपाङ समुदायका लागि अस्पताल निर्माण र अनुष्काले निम्न आय भएकालाई आयआर्जनका लागि काम गरिरहेका छन् । आयोजक जुलिया मोर्ले र स्टिभ डग्लेसँगै मिस वर्ल्ड २०१९ टोनी एन सिंह पनि नेपाल आएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय