site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टेकु अस्पतालमा भर्ना भएका चारजनामा कोरोना भेटिएन, एकजनाको रिपोर्ट आउन बाँकी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका चारजनाको नमुना रिपोर्टमा कोरोना नभेटिएको अस्पतालले जनाएको छ । चारजनाकै नमुना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । उनीहरु चारजनालाई आइतबार र एक जनालाई सोमबार भर्ना गरिएको थियो ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले उनीहरुको नमुना संकलनको रिपोर्टमा चारैजनाको कोरोना भाइरस नभेटिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “चीनबाट आएका एक र कोरियाबाट आएका तीन जना भर्ना गरिएको थियो । उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । उनीहरुमा कोरोना भेटिएन । कोरियाबाट आएक थप एकजनाको रिपोर्ट आउन बाँकी छ ।”

चीनको वुहानबाट उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा रहेका १७५ जनाको नमुना परीक्षणको रिपोर्टमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

Global Ime bank

त्यसैगरी, स्वास्थ्य तथा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोना बढी प्रभावित मुलुक चीन, दक्षिण कोरिया, इरान, इटालीलगायतका उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने यात्रुहरुले नेपालको अध्यागमन बिन्दुमा अनिवार्य रुपमा कोभिड(१९ बाट संक्रमित नभएको पुष्टि गर्ने स्वास्थ्य परीक्षणको प्रमाण पेश गर्नसमेत आग्रह गरेको छ ।

(डब्लुएचओ)ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा परेको बताएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । 

कोरोना संक्रमित मुलुकका लागि अन अराइभल भिसा रोक लगाउनुका साथै कुनै पनि नेपालीलाई अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह सरकारले आग्रह गरेको छ । 

हालसम्म विश्वभरी कोरोना संक्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ९० हजारलाई संक्रमण भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement