site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसा पीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । 

उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ट अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । 

Agni Group
NIC Asia

रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु – मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो ।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । 

Global Ime bank

दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् । - एएनआई

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय