site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताइवानबाट चिनियाँ पानीमा पुगेका पाँचजना पक्राउ

बेइजिङ । चीनले आफ्नो क्षेत्रमा आएको एउटा ताइवानी डुंगासहित पाँजना क्रू मेम्बरलाई पक्राउ गरेको छ । 

ताइवानले सो डुंगा र दुई ताइवानी तथा तीनजना इन्डेनेसियन क्रू मेम्बरलाई रिहा गर्न आग्रह गरेको छ । उनीहरूलाई दक्षिण पूर्वको विटाउ बन्दरगाहबाट मंगलबार राति पक्राउ गरिएको थियो ।

ताइवानी अधिकारीहरूले चीनको भू–भागमा रहेको पानीमा पक्राउ गरिएको बीबीसीसँग स्वीकार गरेका छन् । यो कार्य चीनको मे देखि अगस्टसम्म गर्मी समयमा फिसिङ बन्द गरिएको समयमा भएको थियो ।

चीनका कोस्ट गार्डका प्रवक्ता लिउ डेजुनले उक्त डुंगाले फिसिङको नियम उल्लंघन गरेको आरोप लगाएका छन् । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro