site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
 ‘कमेडी च्याम्पियन’को फाइनल चैत १ गते होटल सोल्टीमा 

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते हुने भएको छ । आजसम्म नियमित सो रहेको कार्यक्रममा बीचका केही भाग प्रतिस्पर्धी र अतिथिको प्रत्तुती रहने आयोजकले जनाएको छ । 

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । 

ग्रान्ड फिनाले होटल सोल्टीमा हुने करिब निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । “हल क्षमता ठूलो भएकाले हाम्रो पहिलो रोजाई आर्मी अफिसर्स क्लब हो । तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौं,” निर्देशक भण्डारीले भने, “आजसम्म आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौं, हुँदैन भनियो भने होटल सोल्टीमै गर्छौं ।”

ग्रान्ड फिनालेमा  हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि  उपस्थित हुनेछन् । 

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।   
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro