राजनीति
काठमाडौं । गृह मन्त्री विमलेन्द्र निधिले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले आफ्नो राजीनामा बुझाएका हुन् ।
राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै निधि प्रधानमन्त्रीसँग असन्तुष्ट थिए । निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । स्रोतका अनुसार निधिले पार्टी सभापति शेरबहादुर देउवालाई पनि यसबारेमा जानकारी गराएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४ १८:४६
प्रतिक्रिया दिनुहोस्