site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राइम बैंकले विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट किन्यो, आजदेखि एकीकृत कारोबार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्राइम कमर्शियल बैंकले पुँजी बढाउन दुई विकास बैंक खरिद गरेको छ । 
प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेको हो । खरिदपछि एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आइतबार सुरुवात गरे । 
दुई विकास बैंक प्राप्तिपछि प्राइमको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने भएको छ । आउँदो असारसम्म ८ अर्ब रुपैयाँ पुँजी पुग्ने बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए । 
दुई संस्थालाई खरिद गरेपछि बैंकको निक्षेप परिचालन ५९ अर्ब ६९ करोड र कर्जा लगानी ५४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ  । बैंकको शाखा संख्या ५५ पुगेको छ । बैंकले राजधानीको न्युरोडमा रहेको केन्द्रीय कार्यालयलाई स्थानान्तर गरी कमलपोखरीको आफ्नै भवनमा ल्याएको छ । नयाँ भवनको उद्घाटन पनि गभर्नर नेपालले गरे ।  
सो अवसरमा गभर्नर नेपालले वित्तीय सुसाशान कायम गर्न बैंकलाई सुझाव दिए । उनले सुदूरपश्चिमलगायत अन्य विकट क्षेत्रमा पनि सेवा विस्तार गर्न बैंकलाई सुझाए । 
बैंकका सीईओ नारायणदास मानन्धरले बैंकले कम ब्याज दरमा कर्जा लगानी गरेको बताए । उनले चौंरी पालनका साथै माछापालन, डेरी, बाख्रापालन जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए । भूकम्प पीडितलाई सहुलियत दरमा २१ करोड रुपैयाँ कर्जा लगानी गरेको सो अवसरमा जानकारी दिइयो ।
सो अवसरमा सांसद तथा बैंकका सञ्चालक उमेश श्रेष्ठले राष्ट्र बैंकले पुँजी बढाएर बैंकको संख्या घटाउन लिएको योजना पूरा नभएको बताए । उनले बैंकले अब आधुनिक प्रणालीको अबलम्बन गर्दे कृषि, जलविद्युत, सेवा क्षेत्रमा लगानी विस्तार गर्न सुझाए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC