site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल ‘ए’ र आईसीएफसी फाइनान्सको दोहोरो जित
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सात खेल सम्पन्न भएका छन् । सोमबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो दिनको सात खेलमा सेन्चुरी बैंक, आईसीएफसी फाइनान्स, सनराइज बैंक, एनसेल ‘ए’ र ग्लोबल आईएमईले जित हात पारे । आईसीएफसी फाइनान्स र एनसेल ‘ए’ले दुवै खेलमा जित हात पारे ।

दिनको पहिलो खेलमा साविकको विजेता सेन्चुरी बैंकले नेपाल रास्ट्र बैंकलाई ६ विकेटले पराजित ग¥यो ।  नेपाल राष्ट्र बैंकले दिएको ५२ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्‍यो । दोश्रो खेलमा एनसेल ‘ए’ ले ग्लोबल आईएमई बैंकलाई पाँच विकेटले पराजित गर्‍यो ।  ग्लोबल आईएमईले दिएको ७७ रनको लक्ष्य एनसेल ‘ए’ ले एक विकेट गुमाएर पुरा गर्‍यो ।

KFC Island Ad
NIC Asia

तेश्रो खेलमा आईसीएफसी फाइनान्सले एनसेल ‘बी’ लाई ११ रनले पराजित गर्‍यो ।  आईसीएफसीले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल ‘बी’ ले ७० रन मात्र बनाउन सक्यो । चौथो खेलमा सनराइज बैंकले सुर्य नेपाललाई ६ विकेटले पराजित गर्‍यो ।  सुर्य नेपालले दिएको ७२ रनको लक्ष्य सनराइजले विकेट नगुमाई पूरा गरेको थियो ।

पाँचौ खेलमा ग्लोबल आईएमई बैंकले गुर्खाज फाइनान्सलाई ६ विकेटले पराजित गर्न सफल भयो । गुर्खाजले दिएको ६३ रनको लक्ष्य ग्लोबल आईएमईले विकेट नगुमाई पूरा गरेका थियो । छैठौं खेलमा आईसीएफसी फाइनान्सले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल टेलिकमलाई २५ रनले पराजित गरेको थियो । आईसीएफसीले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल टेलिकमले ५५ रन मात्र बनाउन सक्यो ।

दिनको सातौँ तथा अन्तिम खेलमा एनसेल ‘ए’ले गुर्खाज फाइनान्सलाई २५ रनले पराजित गर्त सफल भयो । एनसेलले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा गुर्खाजले ७३ रन मात्र बनाउन सक्यो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro