अर्थ व्यवसाय
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी र एउटा न्यारोबडी किन्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको हो ।
निगमले भुक्तानी गरेको किस्ता रकम १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँ रहेको छ ।
निगमका अनुसार दुईओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ भुक्तानी गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ १६:१८
प्रतिक्रिया दिनुहोस्