site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

जलेश्वर । श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरूपमा मिथिलाञ्चलभरिका किसानले वसन्तपञ्चमीलाई कृषिकार्यको सुरुआत मान्दै एकाबिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसानले हलो र गोरुको पूजा गरेका हुन् ।

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरेका छन् भने घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् । त्यस्तै किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोतेका छन् ।

Agni Group
NIC Asia

आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बहरलाई गोरुको बनाउने चलन रहेको छ । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।

श्रीपञ्चमीको अवसरमा किसानले अरवा चामलमा सक्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरी हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् ।

Global Ime bank

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आआफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन् । हलो र गोरु पूजाको अवसरमा मिथिलाञ्चलको गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गदगद् हुन्छ ।

हलो र गोरु पूजा महोत्तरी सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइएको छ भने मिथिलाञ्चलको प्रत्येक जिल्ला तथा गाउँगाउँ र भारत बिहारमा पनि यो पूजा मनाउने चलन रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu