site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंको मेयरमा सुसन वैद्यको दावी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा युवानेता सुशन वैद्यले दावी गरेका छन् । 
वैशाख ३१ गते  हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारीमा उनले दावी गरेका हुन् । ३५ वर्षिय वैद्य पेशाले इन्जिनियर हुन् ।

काठमाडौं महानगरलाई अझ बढी व्यवस्थित र सुन्दर बनाउन युवा मेयर आवश्यक भएकाले आफुले मेयरको उम्मेदवारी दावी गरेको वैद्यको भनाई छ । उनले आफुलाई मेयर बनाउन सबै सकारात्मक भएको दावी गरे । 
०५५ सालमा थापाथली क्याम्पसमा स्ववियु सभापतिसमेत रहेका वैद्य अहिले नेपाली काँग्रेस काठमाडौ जिल्लाका सदस्य छन् । उनी नेपाल इन्जिनियर्स एसोसियसनका कोषाध्यक्ष पनि हुन् । सहरी विकासमा बढी काम गरेका वैद्य चल्तापुर्जा नयाँ पुस्ताको आवश्यकता भएको दावी गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं बुझेका वैद्यले महानगरपालिकालाई व्यवस्थित, सुन्दर र वातावरणमैत्री सहरको रुपमा विकास गर्ने उनले योजना सुनाए । “अहिलेको जस्तो हैन म बस्नलायक महानगरको रुपमा राजधानीलाई बनाउने छु” उनले भने “पुर्वाधार विकास, ढल व्यवस्थापनमा मेरो विशेष जोड हुनेछ ।”  

महानगरका ९५ प्रतिशत जनता सार्वजनिक यातायातमा यात्रा गर्ने भएकाले वृहत यातायात (मास ट्रान्सपोर्ट) मा जोड दिने उनको योजना छ । हाल ३ हजार हाउजिङ खाली भएको बताउँदै उनले यसलाई प्रयोगमा ल्याउने बताए ।

Global Ime bank

यस्तै शहरी विकासका साथै सम्पदाको संरक्षणमा जोड दिने उनको योजना रहेको छ । राजधानीका ८० प्रतिशत बढी घर मापदण्डविपरित निर्माण भएको जानकारी दिदै वैद्यले मापदण्डलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने बताए । 
वैद्यका योजना 
पुर्वाधारको विकास
सम्पदाको संरक्षण
व्यवस्थित सहरीकरण
फोहरमैलाको दीर्धकालिन व्यवस्थापन 
पार्कको निर्माण
वातावरणमैत्री महानगर  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC