site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील नेपालीद्वारा रन्जु दर्शनालाई काठमाडौँ महानगरमा मेयरको उमेदवार चयन, को हुन् दर्शना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  विवेकशील नेपाली दलले रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उमेदवारको रुपमा चयन गरेको छ । मेयरको कार्यालयलाई जनताको लागि छिटो, छरितो तथा प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने लक्ष्यमा तल्लीन भई काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उनलाई चयन गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीति अन्तर्गत काठमाडौँको मेयर पदको लागि उमेदवार बन्न रन्जु दर्शनाले जागरुक अग्रसरता व्यक्त गरेको दलले जानकारी दिएको छ ।

निर्णायक मण्डलको सुझावमा दलले सुन्दर काठमाडौँको सपनालाई अगाडि बढाउन उनी नै सबभन्दा उपयुक्त उम्मेदवार भएको ठहर गरी घोषणा गर्ने निर्णय गरेको थियो । कान्छी उमेरकी मेयर उमेदवार रन्जु नै हुन सक्ने विवेकशील दलले दाबी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले भने, “२० वर्षपछि पहिलोपल्ट स्थानीय निर्वाचनमा सहभागी हुने अवसर पाइरहेका हामी नेपालीलाई रन्जु दर्शनाको उम्मेदवारी एक ऐतिहासिक क्षण हो । हाम्रा अगाडि देखिएका स्थानीय समस्या समाधान गर्न र भावी पुस्ताले देखेका सपना साकार पार्न अब नयाँ पुस्ताको नै महत्वपूर्ण भूमिका रहनुपर्छ भन्ने हामीले महसुस गरेर नै यो उम्मेदवारी तय गरिएको हो । काठमाडौँ जस्तो सहरको लागि सक्षम टोली आवश्यक पर्ने भएकोले हामी त्यसको लागि पूर्ण रुपमा तयारी गरेका छौं ।”

२१ वर्षकी रन्जुको सपना काठमाडौँलाई कसरी सुन्दर सहर बनाउने भन्ने रहेको विवेकशील दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

विकास अध्ययन विषयमा स्नातक तहमा अध्ययनरत रन्जुले दलले तयार गरेको काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना तयारमा सक्रिय थिइन् ।

लक्ष्यलाई हासिल गर्न विवेकशील दलले पाँच आधार तय गरेको छ ।

१. काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने,

२. धुवाँधुलोमुक्त हराभरा बनाउने,

३. गरिखान पाउने उद्यमशील बनाउने,

४. हिँडुहिँडु लाग्ने झिलिमिली बनाउने,

५. विविधता झल्कने सम्पदा सहर बनाउने ।

‘हामीले तयार पारेको सपना र मार्गचित्र काठमाडौँबासीको हो जसलाई तयार पार्न हामीले यहाँका हजारौं मतदाताको सल्लाह र सुझावलाई महिनौं लगाएर संकलन गरेका थियौं । हामी सबै मिलेर नै काठमाडौँलाई संसारकै सुन्दर बनाउन सक्छौं जुन हासिल गर्न तपाईंहरूको सहयोग र समर्थन पाउने अपेक्षा राखेकी छु । तपाईंको सहयोगले नै काठमाडौँलाई जकडिरहेको उही पुरानो राजनीतिक सिन्डिकेटलाई तोड्न सक्छौं ’, रन्जु दर्शनाले थपिन् । विवेकशील नेपालीले उप-मेयर, वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरूको पनि चाँडै घोषणा गर्ने जनाएको छ ।

२१ वर्षीया रन्जु दर्शना दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा संलग्नता नै रन्जुको पहिलो परिचय थियो विवेकशील नेपालीसँग, अनि पहिलो सहभागिता थियो दलको कार्यक्रममा ।

हाल विवेकशील नेपाली दलकी मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य रन्जु दर्शना उक्त कार्यक्रममा सहभागी भएपछि विवेकशील नेपालीको समाज सेवा क्लबमा आवद्ध भई विभिन्न सामाजिक कार्यक्रमको नेतृत्व गरिन् । २०७२ को विनाशकारी भूकम्पपछिको राहत तथा उद्धारमा खटिइन् । २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा पनि सक्रिय रहिन् ।

रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिएकी थिइन् ।

डा गोविन्द केसीसँगको सहकार्यमा देशको चिकित्सा शिक्षा तथा राजनीतिमा रहेको लुटतन्त्रलाई हटाउन उनले विवेकशीलको तर्फबाट नेतृत्वदायी भूमिका लिएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC